जसपा नेपाल लहान नगर अध्यक्षमा रामउदगार महताे निर्वाचित।।
जनता समाजवादी पार्टी (जसपा) लहान नगर कमिटिको अध्यक्षमा राम उदगार महतो निर्वाचित भएका छन्। हिजाे सम्पन्न निर्वाचनमा उनले ७० मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्दी योगेन्द्र यादव (कारी)लाई ९ मतको अन्तरले पराजित गरे। यादवले ६१ मत प्राप्त गरेका थिए

सितल साह , लहान, सिरहा बैशाख ०५ — जनता समाजवादी पार्टी (जसपा) लहान नगर कमिटिको अध्यक्षमा राम उदगार महतो निर्वाचित भएका छन्। हिजाे सम्पन्न निर्वाचनमा उनले ७० मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्दी योगेन्द्र यादव (कारी)लाई ९ मतको अन्तरले पराजित गरे। यादवले ६१ मत प्राप्त गरेका थिए।
कुल १३५ प्रतिनिधिमध्ये १३१ जनाले मतदान गरेका थिए। सर्वसम्मत रूपमा कमिटी चयन हुन नसकेपछि पार्टीले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रियामा जानु परेको थियो।
निर्वाचनबाट उपाध्यक्ष पदमा शत्रुधन यादव र चन्द्र नारायण कुशवाहा निर्वाचित भएका छन्। सचिवमा राम औतार महतो, सहसचिवमा शिव कुमार महतो र राम किसुन यादव तथा कोषाध्यक्षमा राधा महतो विजयी भएका छन्।
अध्यक्ष पदमा राम उदगार महतोको पक्षमा बजार क्षेत्रका समुदाय विशेषका मतदाताहरू एकजुट भएको देखिएको थियो। उता, योगेन्द्र यादवको पक्षमा ग्रामीण क्षेत्रका कार्यकर्ताहरूको बलियो समर्थन देखिएको थियो।
चुनावको मूल कारण ‘एक पद, एक व्यक्ति’को अवधारणालाई लिएर भएको विवाद थियो। राम उदगार महतो हाल क्षेत्रीय उपाध्यक्ष र वडा अध्यक्ष समेत रहेकाले नगर अध्यक्षमा उनको उम्मेदवारीप्रति प्रश्न उठाइएको थियो। योगेन्द्र यादव पक्षले यही माग उठाउँदै सहमति खोजे पनि अन्ततः निर्वाचनसम्म पुग्नुपर्यो।
पार्टीका एक नेताले भने, “हरिशरण यादवले एक मत मात्रै ल्याए भने सुभकलाल यादवले त आफ्नै मत पनि राम उदगार महतोलाई दिँदै आफ्नो समर्थन स्पष्ट पारे, जसले गर्दा राम उदगारको जित सुनिश्चित भयो।”
पूर्व नगर अध्यक्ष दीनेश महतोले पार्टीलाई विगतमा एकाधिकार शैलीमा निर्णय लिइएको, बैठकको माइनुटसमेत उपलब्ध नगराइएको, आफ्नै मनपरी शैलीमा कार्यसम्पादन गरिएको भन्दै कडा आलोचना भएका थिए। नगर अध्यक्ष महताेले पार्टीलाई गोजीभित्रै सीमित पारिएको छ, अब परिवर्तनको आवश्यकता छ,” आरोप एक नेताले लगाएका थिए । अब परीवर्तन भएकाे छ केही हुन्छ भन्ने आश पलाएकाे छ।
नेता रामनारायण महतोले पनि विगतमा पार्टी बैठकको कुनै माइनुट अभिलेख नहुने, निर्णयको कुनै प्रक्रिया नअपनाइने र नेतृत्वको गैरजिम्मेवारीपूर्ण व्यवहारले पार्टी धरापमा पुगेको गुनासो गरे।
चुनावको परिणामपछि केही नेताहरूले भने यस्तो प्रतिस्पर्धा आवश्यक नभएको बताएका छन्। सहमतिमा नेतृत्व चयन भइदिएको भए पार्टी अझ सुदृढ बन्ने र आन्तरिक एकता कायम रहने धारणा पनि व्यक्त गरिएको छ।
जसपाको लहान नगर कमिटीको नेतृत्व नयाँ ढंगले अगाडि बढ्नुपर्ने जनचासो बीच अब निर्वाचित पदाधिकारीहरू समग्र पार्टी एकता, पारदर्शिता र संस्थागत विकासतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।