मिति:- ९ बैशाख २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

स्वास्थ्य चाैकी प्रमुख गंगाराम साहलाई ससम्मान बिदाई, महिला स्वयंसेविकालाई साईकल वितरण

सितल साह सिरहा, लहान–२४ , बैशाख ०५।
लहान नगरपालिका–२४ स्थित गोविन्दपुर स्वास्थ्य चौकीका प्रमुख गंगाराम साहलाई सेवा निवृत्त भएसँगै एक भव्य बिदाई समारोह आयोजना गरिएको छ। विगत ४–५ वर्षदेखि उक्त स्वास्थ्य संस्थामा सेवा दिँदै आएका साहलाई वडा अध्यक्ष रासलाल राय, वडा सचिव लखन साह, सम्पूर्ण स्वास्थ्य चौकीका कर्मचारी, ९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयबासीले ससम्मान बिदाई गरेका हुन्।

कार्यक्रममा वडाध्यक्ष रायले साहद्वारा प्रदान गरिएको स्वास्थ्य सेवा उच्च स्तरीय, जनमैत्री र सहज पहुँचयुक्त भएको स्मरण गर्दै, वहाँको समर्पण सदैव स्मरणीय रहने बताए। “गंगाराम साहले स्वास्थ्य चौकीको नियमित सेवा मात्र हैन, बिच–बिचमा शिविर सञ्चालन गरी विभिन्न संक्रामक तथा गैर–संक्रामक रोगहरूको पहिचान गरी रोग निवारणका उपायहरूसमेत स्थानीयलाई अवगत गराउनुभएको थियो”, अध्यक्ष रायले बताए।

कार्यक्रमकै अवसरमा वडा अध्यक्ष रायले वडाभित्र कार्यरत सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकालाई एक–एक थान साईकल वितरण गरे। सो साईकल वितरणको उद्देश्य स्वास्थ्य सेवामा सहजता ल्याउनुका साथै दुर्गम स्थानसम्म सेवा पुर्‍याउन सहयोग पुर्‍याउने रहेको अध्यक्ष रायले स्पष्ट गरे। “खोप अभियान, जनचेतनामूलक कार्यक्रम तथा मातृ शिशु स्वास्थ्य सेवामा सहज पहुँचका लागि यो पहल गरिएको हो”, अध्यक्ष रायले बताए।

बिदाई समारोहले स्वास्थ्य सेवा प्रदायक र स्थानीय समुदायबीचको सहकार्यको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। कार्यक्रमले गंगाराम साहको योगदानको सम्मान मात्र नगरी, भावी सेवा प्रदायकहरूका लागि पनि प्रेरणा बन्‍न सक्ने सहभागीहरूको विश्वास रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button