मिति:- ४ फाल्गुन २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
महाधिवेशनमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहा प्याब्सनको दोस्रो जिल्ला परिषद लहानको हात्तिदहमा सम्पन्न ।


सितल साह , लहान,सिरहा,२४ पुष ०८२ ।। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सिरहा जिल्लाको दोस्रो जिल्ला परिषद लहान नगरपालिका–१५ स्थित हात्तिदहमा भव्य रूपमा सम्पन्न भएको छ। परिषद् प्याब्सन सिरहा जिल्ला अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।


कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपकराज कलौनी रहनु भएको थियो भने विशिष्ट अतिथिहरूमा राष्ट्रिय परीक्षा बोर्ड लहानका प्रमुख संजय कुमार पण्डे , प्याब्सनका केन्द्रीय सचिव विष्णु न्यौपाने, शिक्षा समिति सदस्य मुरारी प्रसाद साह, परीक्षा बोर्ड लहानका प्रमोद यादव, प्याब्सन जिल्ला सल्लाहकार राकेश झा लगायत रहनु भएको थियो।


कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षणलाई प्रविधिमैत्री सिकाइ पद्धतिमा रूपान्तरण गर्न विद्यालय सञ्चालकहरूलाई आग्रह गर्नुभयो। पुस्तकिय ज्ञान मात्र पर्याप्त नहुने भन्दै आजको शिक्षाले गुणस्तरीय शिक्षा (Quality Education) सँगै जीवनोपयोगी सीप (Life Skill Education) दिनुपर्ने आवश्यकता औँल्याए। विद्यार्थीलाई सामाजिक मूल्य–मान्यता, घरव्यवहार, पारिवारिक जिम्मेवारी, संस्कार तथा व्यवहारिक ज्ञानमा सक्षम बनाउनु नै शिक्षा पूर्ण सफल हुने वक्ताहरूको भनाइ थियो।


वक्ताहरूले विद्यालय अनुगमन वर्षभरि हुनुपर्नेमा जोड दिँदै SEE परीक्षाको समयमा मात्र अनुगमन गर्ने प्रवृत्ति त्रुटिपूर्ण रहेको बताए। केन्द्रीय तहमा स्पष्ट अनुगमन नीति निर्माण गरी मात्र शिक्षा प्रणाली सुदृढ हुन सक्ने धारणा व्यक्त गरियो।


प्याब्सन जिल्ला सल्लाहकार राकेश झा ले निजी विद्यालयमाथि बढ्दो आलोचनाप्रति आपत्ति जनाउँदै तथ्य नबुझी समाचार प्रकाशन गर्ने प्रवृत्ति सच्याउन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो। निजी विद्यालयले ग्रामीण भेगसम्म गुणस्तरीय शिक्षा सेवा दिँदै आएको कारण अधिकांश अभिभावकको रोजाइ निजी विद्यालय नै बनेको उहाँको भनाइ थियो।


सभा अध्यक्ष उमेश चौधरी ले सरस्वती पूजाको नाममा चन्दा असुली, अश्लील गीत तथा नाचगान जस्ता विकृति नियन्त्रण गर्न जिल्ला प्याब्सनले कडा निर्णय गरेको जानकारी दिनुभयो। उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्न सबै निजी विद्यालयलाई निर्देशन दिइएको उहाँले बताउनुभयो।


कार्यक्रममा निजी विद्यालयलाई पनि SEE परीक्षा केन्द्र दिनुपर्ने माग राखिँदा प्रमुख अतिथि कलौनीले यस वर्ष केही स्थानमा निजी विद्यालयमा SEE परीक्षा सञ्चालन गरिने आश्वासन दिनुभयो।
परिषदमा नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष उषा यादव, पत्रकारहरू फिरोज शेख, सितल साह, महेश सिंह, आशिष साह, अनिल चौधरी लगायत शिक्षाप्रेमीहरुकाे सहभागिता रहेको थियो। साथै २१ वर्ष पुरा गरिसकेको प्याब्सन सिरहा ले शिक्षा सुधार, अनुशासन र गुणस्तरीय शिक्षामा केन्द्रित हुँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button