मिति:- ४ फाल्गुन २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

नेपाल बार एशोसिएशन सिरहाको ३४औँ साधारण सभा तथा नयाँ वार भवन समुद्घाटन सम्पन्न ।।

सम्भु यादब ०८ पुस ०८२ , सिरहा । नेपाल बार एशोसिएशन, सिरहाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला अदालत वार एशोसिएशनको ३४औँ साधारण सभासँगै सिरहा जिल्ला अदालतकाे नवनिर्मित वार भवनको भव्य समुद्घाटन कार्यक्रम सभ्य, अनुशासित तथा मर्यादित रूपमा सम्पन्न भएको हो।


उक्त कार्यक्रममा नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष ब.अ.प्रा. डा. विजय प्रसाद मिश्रको प्रमुख आतिथ्यता रहेको थियो। साथै विभिन्न क्षेत्रबाट उपस्थित अग्रज तथा विशिष्ट अधिवक्ताहरू, सम्माननीय न्यायाधीशहरू तथा न्यायप्रेमी कानुन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा वक्ताहरूले न्यायपालिका सुदृढीकरण, कानुन व्यवसायको मर्यादा र पेशागत एकताका विषयमा जोड दिएका थिए। नवनिर्मित वार भवनले सिरहा जिल्लाका अधिवक्ताहरूलाई थप सहज, व्यवस्थित र व्यावसायिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।


सिरहा जिल्लाभरिका दक्ष, अनुभवी तथा विशिष्ट अधिवक्ताहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा बार एशोसिएशनसँग आबद्ध सम्पूर्ण अधिवक्ता ज्युहरूलाई हार्दिक बधाई दिइएको छ। साथै आगामी कार्यकाल अझ प्रभावकारी, उत्तरदायी र उदाहरणीय बनोस् भन्ने शुभकामनासमेत व्यक्त गरिएको छ।
यस प्रकारको कार्यक्रमले कानुन व्यवसायको गरिमा बढाउनुका साथै न्याय प्रणालीप्रति आम नागरिकको विश्वास थप सुदृढ हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button