मिति:- ४ फाल्गुन २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सिरहाकाे नरहाबाट परिवर्तनको बिगुल : सयौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश।।

नरहाबाट जसपा नेपालतर्फ ऐतिहासिक जनलहर
सयौँ नेता–कार्यकर्ता पार्टी प्रवेश, परिवर्तन र विश्वासको जित


सितल साह,२६ माघ ०८२ सिरहा ।
सिरहाकाे नरहा गाउँपालिकामा आज जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले ऐतिहासिक सफलता हासिल गरेको छ। नरहा गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख रामशरण यादव, नेकपा का नेता ललित यादव, नेकपा एमालेका सशक्त नेता बिकरु यादव, नेता राजदेव यादव ,नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता गुरुशरण यादव सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू विधिवत रूपमा जसपा नेपालमा प्रवेश गरेका छन्।


यो प्रवेश कार्यक्रम केवल पार्टी विस्तार मात्र नभई विचार, विश्वास र परिवर्तनको स्पष्ट संकेत भएको नेताहरूले बताएका छन्। कार्यक्रम जसपा नेपालका उपाध्यक्ष तथा सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकिशोर यादवको नेतृत्वमा सम्पन्न भएको हो।


नेताहरूका अनुसार पछिल्लो समय जसपा नेपालप्रति देखिएको बढ्दो जनलहरले अब मधेशमा परिवर्तनको बाटो रोजिएको र अधिकार तथा पहिचानको राजनीति झन् सशक्त बन्दै गएको सन्देश दिएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले दिग्गज नेता राजकिशोर यादवको जित सुनिश्चित गर्न यो प्रवेशले थप बल पुगेको दाबी गरे।


कार्यक्रममा सहभागी नेताहरूले मधेसी, जनजाति, आदिवासी, मुस्लिम समुदायलगायत पिछडावर्ग तथा अल्पसंख्यक समुदायको अधिकार र भविष्य कोर्ने एकमात्र राजनीतिक शक्ति जसपा नेपाल भएको उल्लेख गरे। उनीहरूले यी समुदायहरूको अधिकार सुनिश्चित गर्न सबै एकजुट भई छाता छापमा मतदान गर्न आह्वान समेत गरे।


नेताहरूले भने, “मधेशको उज्वल भविष्य, पहिचानको रक्षा र अधिकारको सुनिश्चितता केवल जसपा नेपालले मात्र गर्न सक्छ।” यही विश्वासका कारण विभिन्न पार्टीका नेता–कार्यकर्ता जसपा नेपालतर्फ आकर्षित भएको उनीहरूको भनाइ छ।


नयाँ साथ, नयाँ ऊर्जा र जनताको बढ्दो आशासहित जसपा नेपाल आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने नेताहरूको विश्वास छ।कार्यक्रमको अन्त्यमा पार्टीमा प्रवेश गर्ने सम्पूर्ण अग्रज नेता तथा साथीहरूलाई हार्दिक स्वागत गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button