मिति:- ४ फाल्गुन २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

नापी कार्यालयमा खुलेआम घुस लेनदेन, प्रतिक्रियालिन गएका पत्रकारमाथि दुव्र्यवहार।


सिरहा १४ माघ । देशमा पार्दर्शिता, सुशासन, र भ्रष्टाचार विरुद्धको जेन्जी आन्दोलनमा ७० जेना भन्दा भढिको मृत्युवरन भयो। सैकडौ युवायुवतीहरु घाइते भए। सुशासन र भ्रष्टाचारको विरुद्धको आन्दोलनमा अर्बौंको क्षती भयो। तरपनी, व्यवस्थामा सुधार आउन सकेको छैन। जनता अझैपनी निरास छन्। भ्रष्ट कर्मचारी र बिचौलियाँ बिचको सम्बन्ध उस्तै छ। यसको एउटा उदाहरण हो, सिरहाको नापी कार्यालय। यी अड्डामा अतिरिक्त रकम नबुझाएसम्म लगभग सेवाग्राहीको कामै हुँदैन।


सिरहाको नापी कार्यालयका कर्मचारीले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेको पाइएको छ। सिरहास्थित नापी कार्यालयका कर्मचारीले कार्यालय प्रमुखकै निर्देशनमा, सेवाग्राहीसँग किता एकीकृत गराउन, किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।


नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। सेवाग्राहीलाई विभिन्न उल्झन देखाएर सामान्य प्रक्रियाबाटै हुने काममा पनि अतिरिक्त रकम नबुझाएसम्म नहुने गोलबजार नगरपालिकाका सेवाग्राही ज्ञान सिंहले बताए।


उनले भने, ‘म आफ्नै नामको दुइवटा कितालाइ एकीकृत गराउन सबै प्रक्रिया पु¥याएर करिव १० दिनदेखि कार्यालाय धाउदै छु। यो सामान्य काम गराउन जबसम्म सिरहा नापी कार्यालयका कर्मचारी राजेश खाँगलाइ १० हजार रुपैयाँ दिन तयार भईंन त्यसबेलासम्म प्रक्रिया अगाडी बढेन। यो कस्तो सुशासन हो? प्रतिप्रश्न गर्दै उनले भने, ‘म मात्रै हैन यो कार्यालय आउने सबै सेवाग्राही ठगिएको छ। कोहि कित्ताकाटको नाममा त कोहि आफ्नै जग्गा एकीकृत गराउने नाममा।’


जग्गा पास गराउन सबै कागजात पूरा हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा समेत काम गराउन घुस दिनु परेको अर्का सेवाग्राही गणेश यादव बताए। उनले भने, ‘दुई साता अघि किताकाट गराउन गएको थिएँ, कहिले लम्बाई मिलेन कहिले चौडाइ मिलेन भन्दै चार घण्टा अलमल्याए। काम गराउने भए सुरुमा २० हजार देउ भने, अन्तिममा बाध्य भएर १३ हजार रुपैयाँ बुझाउनै पर्यो।’


श्रीमतिको नाममा जग्गा पास गराउनु पर्नेभएकाले सधैं सवैलाई बोकेर जान पनि नसकिने भएकोले अतिरिकत रकम दिन आफू बाध्य भएको यादवले बताए। उनले भने, ‘घुस नदिएको भए काम नै नहुने रहेछ। नापी कार्यालयले समयमा काम नगरिदिँदा त्यसदिन जग्गा पासको काम पनि हुन सकेन।’


हुनत नापी र मालपोत कार्यालय घुस्याहा अड्डाकै रुपमा परिचित छ। यी कार्यालयहरुमा सेवाग्राहीको आत्याधिक भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै कर्मचारीले अतिरिक्त रकम माग्ने दिनेको रकम छिटो र नदिनेको काम विभिन्न वाहाना बनाएर रोक्ने, ढिलो गर्ने गरेको लेखापढि व्यवसायीहरुनै बताउँछन्।


घुस नदिने÷खुवाउन नसक्ने सेवाग्राहीको काम नहुने र भएपनि ढिलाढाला हुने सेवाग्राहीको गुनासोको विषयमा प्रतिक्रिया लिन नापी कार्यालय सिरहा पुगेका पत्रकारलाई प्रमुख जनक राज ओझाले कार्याकक्षमै दुव्यहार गरेका छन्।


कार्यालयमा भएको अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेको विषयमा प्रतिक्रिया लिन कार्यकक्षमै पुगेका संचारकर्मी द्वय आशिष बिस्वकर्मा र मुकेश कुमार यादबलाई दुव्यवहार गरे।
कार्यालय प्रमुख ओझाकै कार्यकक्षमा पुगेका पत्रकार यादवले यस कार्यालयमा अनियमित लेनदेद हुने गरेको भन्ने सूचना पाएको भन्ने सुनाउन नपाउँदै प्रमुख ओझा जङ्गिदै तपाईंहरु पत्रकार नै हैन्, के प्रमाण छ? म प्रतिकृया दिन्न, तपाईहरु कार्यालयबाट तत्काल बाहिर निस्कनु भन्दै दुरव्यवहार गरे।


पत्रकार यादवले भने, ‘मैले पुनः सर यो कुर्सिमा बसेपछि त जवाफ दिनु पर्दैन र? भनि पुनः प्रश्न गर्दैगर्दा प्रमुख ओझाले ‘गलत सङ्केत गर्दै ..यि म दिन्न। तपाईहरुलाई जे जे गर्न मन छ गर्नु भन्दै थप दुव्यवहार गरे। र कार्यालयका सवै कर्मचारीलाई बोलाएर जङ्गीए।’
पत्रकार यादवले भने, ‘पत्रकारसँग यस्तो व्यवहार गर्ने कार्यलय प्रमुखले सर्वसाधारणसँग कस्तो व्यवहार गर्दाहुन तपाईंहरु आफै अनुमान लागाउनु होस्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button