प्रेस मञ्च नेपाल सिराहा दोस्रो अधिवेशन लहानमा भव्यताका साथ सम्पन्न।
जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ सङ्गठन प्रेस मञ्च नेपाल सिराहाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ

सितल साह, लहान, सिराहा, चैत्र २१ – जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ सङ्गठन प्रेस मञ्च नेपाल सिराहाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। बुधबार सिरहाको लहानस्थित माखनभोग होटलको सभाहलमा आयोजित अधिवेशनमा महेश सिंहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रामसेवक राम तथा अर्का उपाध्यक्ष विजय कुमार यादव चयन भएका छन्। सचिवमा मोहम्मद रहमुल राईन, सह-सचिव मिना मण्डल तथा अर्का सह-सचिव हेमन्त कुमार दास चयन भएका छन्। कोषाध्यक्षमा विनिता कुमारी चौधरी चयन भएकी छन्। सदस्यहरूमा चन्दु चौधरी, बलिराम यादव, खेम रन्जन यादव, हेम प्रसाद पासवान, मनोज कुमार यादव (मन्जय), असेस कुमार साह, जय नारायण यादव, प्रज्वल चौधरी तथा शत्रुधन महतो लगायतका पत्रकारहरु रहेका छन्।
सिरहाबाट प्रदेश प्रतिनिधिहरूमा पत्रकार शितल साह, जितेन्द्र सिंह दनुवार, ओम प्रकाश यादव, शम्भु यादव, आशिष कुमार साह, अमरेन्द्र यादव तथा कासिन्द्र यादव चयन भएका छन्। केन्द्रीय प्रतिनिधिहरूमा विरेन्द्र कुमार यादव, विनोद मण्डल, जितेश मण्डल, सन्जु दास, प्रेमशिला यादव तथा निरज यादव (मनु)चयन भएका छन्।
प्रेस मञ्च नेपाल सिराहाका अध्यक्ष जितेन्द्र सिंह दनुवारको सभापतित्वमा सम्पन्न अधिवेशनमा जसपा नेपालको केन्द्रीय सचिव तथा पूर्व वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादव,केन्द्रीय महासचिव तथा कान्तिपुरका संवाददाता अबधेश झा मधेश प्रदेश अध्यक्ष अमरेन्द्र यादव, उपाध्यक्ष राम हृदय यादब ,शैलेन्द्र कुमार यादब , जसपा नेपाल सिरहा जिल्ला उपाध्यक्ष राकेश राेसन गुप्ता ,लहान उपप्रमुख रामचलितर महताे , नवराजपुर ग.पा.अध्यक्ष शिवउदगार यादब, नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता, प्रेस युनियनकी अध्यक्ष निर्मला दाहाल, प्रेस चौतारीका अध्यक्ष शिव कुमार शाह तथा विभिन्न जिल्लाका पत्रकार नेताहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले नेपालमा राजनीतिक परिवर्तनमा प्रेस मञ्चले खेलेको भूमिकालाई स्मरण गर्दै पत्रकारहरूलाई सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे। साथै, हालै काठमाण्डौको तीनकुनेमा हत्या गरिएका पत्रकार सुरेश रजकको निधनप्रति दुःख व्यक्त गर्दै उनीलाई शहीद घोषणा गर्न सरकारसँग माग गरिएको छ।
जसपा नेपालका लहान, सिरहा निकटका प्रदेश सांसद राज कुमार गुप्ता, ललिता दास, जिल्ला समन्वय समिति तथा जसपा नेपाल नगर अध्यक्ष दिनेश महताे लगायत जसपा नेपालबाट पालिका अध्यक्ष,उपाध्यक्ष पदमा निर्बाचित जनप्रतिनिधिहरुको विशेष आतिथ्यता रहने अपेक्षा गरिए तापनि उनीहरू कार्यक्रममा अनुपस्थित रहे। यस प्रति प्रेस मञ्च नेपालका पत्रकारहरूले दुःख व्यक्त गर्दै जनवर्गीय संगठनहरू प्रति जसपा नेपालका जनप्रतिनिधिहरूको उदासीनताप्रति आपत्ति जनाए। उनीहरूले संगठनप्रति बेवास्ता गर्दै आएको विगतका घटनाहरूलाई स्मरण गराउँदै सुधार आवश्यक रहेको बताएका छन्।
प्रेस मञ्च नेपाल सिराहाको दोस्रो जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।