मिति:- ३ भाद्र २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सप्तरीमा पत्रकार शाैरभ यादव माथि सांघातिक हमला, प्रेस मञ्च नपाल द्वारा कारबाहिकाे माग

सितल साह , २०८२ साउन ३१

नयाँ पत्रिका राष्ट्रिय दैनिकका सप्तरी संवाददाता तथा प्रेस मंचका प्रदेश पार्षद पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान ज्यान मार्ने उद्देश्यले गरिएको हमला प्रति सर्वत्र आक्रोश प्रकट गरिएको छ।शुक्रबार बिहान १० बजेर ४२ मिनेटमा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको गेट अगाडि तीन जना व्यक्तिहरू मोटरसाइकलमा आएर यादवमाथि चाकु, हेलमेट र बेल्ट प्रयोग गरी आक्रमण गरेका थिए। घटनामा गम्भीर घाइते भएका पत्रकार यादवलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

प्रेस मंच नेपालले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकार यादवमाथि भएको यो हमला प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र कानूनको शासनमाथि खुला चुनौती हो। यस्ता हिंसात्मक गतिविधि कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।”

प्रेस मंचले दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सम्बद्ध निकायसँग माग गर्दै पत्रकारहरूको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने जनाएको छ। पत्रकारहरूको सुरक्षामा बेवास्ता हुनु लोकतन्त्रकै मर्ममाथि आघात भएको प्रेस मंचले जनाएको छ।

साथै, पत्रकार यादवको स्वास्थ्य लाभका लागि शुभेच्छा व्यक्त गर्दै प्रेस मंचले कानुनी प्रक्रियामा कुनै सम्झौता नगरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यस घटनाले पुनः एकपटक नेपालमा पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रता गम्भीर संकटमा रहेको स्पष्ट पारेको छ। स्थानीय बासिन्दा र पत्रकार महासंघका प्रतिनिधिहरूले पनि घटनाको विरोध गर्दै दोषीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button