मिति:- ३ भाद्र २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जसपा नेपाल लहानद्वारा आन्दोलन, गौर घटनाको परमादेशविरुद्ध मधेशभर प्रदर्शन घोषणा।

सितल साह ,।लहान, भदौ २, २०८२ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा मधेश प्रदेशभर चरणबद्ध आन्दोलन सुरु गरेको छ। सोमबार सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश दिएपछि जसपा नेपालले यसलाई पूर्वाग्रही र षड्यन्त्रपूर्ण भन्दै आन्दोलनको घोषणा गरेको हो।

लहान नगर कमिटीले आज सांझ लहानको सहिद चोकमा टायर बालेर साङ्केतिक आन्दोलनको सुरुवात गरेका छन।। उक्त कार्यक्रममा प्रदेश सांसद राजकुमार गुप्ता (राजु), सांसद ललिता दास बिद्रोही, नगर अध्यक्ष रामउदगार महतो लगायतका नेता तथा कार्यकर्ता उपस्थित थिए। ओलि सरकार मुर्दावाद , ओलि सरकार राजिनामा दे जस्ता नार जुलुस गर्दै सरकार बिरुद्ध आन्दोलन गरेका छन।

सांसद राजकुमार गुप्ताले जसपा नेपाल सदैव सुसासन, हकअधिकार, दलित, मुस्लिम, किसान र गरीब वर्गका पक्षमा संघर्ष गर्दै आएको उल्लेख गर्दै भने,
“भूमि अध्यादेशबाट पछि नहेट्ने हाम्रो अडानकै कारण पूर्वाग्रही ढंगले विभिन्न षडयन्त्रकाे गरि फसाउन खाेजिएकाे हो। यो षड्यन्त्र हो। जबसम्म परमादेश सच्याइँदैन, तबसम्म कडा चरणबद्ध आन्दोलन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।”

त्यसैगरी जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादवले मधेश प्रदेशका आठै जिल्लामा आन्दोलनको घोषणा गर्दै सबै जिल्ला सदरमुकाममा टायर बालेर प्रदर्शन गर्ने निर्देशन दिएका थिए। उनले सर्वोच्च अदालतको आदेशलाई अन्यायपूर्ण ठहर गर्दै सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। चैत ७, २०६३ मा रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीबिच भएको झडपमा २८ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो। तर सो घटनाको हालसम्म ठोस अनुसन्धान हुन सकेको छैन।

जसपा नेपालले उक्त परमादेशलाई लक्षित गरेर गरिएको कदम भन्दै मधेशका जनतालाई अन्याय भएको ठहर गरेको छ। पार्टीका शीर्ष नेताहरूले चेतावनी दिएका छन् कि परमादेश फिर्ता नभएसम्म आन्दोलनलाई अझ तीव्र पार्दै लैजानेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button