मिति:- १७ कार्तिक २०८२, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सिराहामा सञ्चारकर्मी बिनाेद मण्डलको पहलमा च्यातिएको राष्ट्रिय झण्डा फेर्ने काम सम्पन्न।।

सितल साह , सिरहा,०८२ कार्तिक १६ ।।
सिरहा, कार्तिक १६ । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुरस्थित प्रहरी चौकी अगाडि च्यातिएको अवस्थामा रहेको नेपालको राष्ट्रिय झण्डा अन्ततः फेरेर नयाँ झण्डा राखिएको छ।

लगातार एक हप्तासम्म सो घटनाको बारेमा सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरूले ध्यान नदिएपछि शुक्रबार साँझ सञ्चारकर्मी बिनोद मण्डलको पहलमा नयाँ झण्डा राखिएको हो।

राष्ट्रिय झण्डा फेर्नका लागि धनगढीमाई–९ का समाजसेवी नैन बहादुर मोक्तानले १० वटा राष्ट्रिय झण्डा उपलब्ध गराएका थिए। तीमध्ये ९ वटा झण्डा विभिन्न ठाउँमा राखिएको र बाँकी एक झण्डा ब्याकअपका लागि राखिएको बताइएको छ।

स्थानीयवासीहरूले प्रहरी चौकी अगाडि च्यातिएको झण्डा हेर्दा लाजमर्दो अनुभूति हुने गुनासो गर्दै आएका थिए। तर वडास्तरका प्रतिनिधिहरूले त्यतिप्रति कुनै चासो नदेखाउँदा सञ्चारकर्मीले नै पहल गरेर झण्डा परिवर्तन गर्नुपरेको जनाइएको छ।

सञ्चारकर्मी बिनोद मण्डलले भने, “राष्ट्रिय झण्डा हाम्रो अस्मिता हो। त्यसलाई सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। सम्बन्धित निकाय मौन रहेपछि हामी आफैंले झण्डा फेरेका हौँ।”

झण्डा दाता नैन बहादुर मोक्तानप्रति स्थानीयहरूले आभार व्यक्त गरेका छन्। उनीहरूले भने, “जहाँ जनप्रतिनिधिको ध्यान पुग्दैन, त्यहाँ सञ्चारकर्मी र नागरिक सचेतताले देशको प्रतीकको रक्षा गर्छ।”

यस घटनापछि स्थानीयहरू पालिकाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै भन्छन्, “झण्डा च्यातिएर हप्ता दिनसम्म फेर्न नसक्ने पालिका के कामका लागि हो? बजेटको दुरुपयोग र भ्रष्टाचारमै व्यस्त पालिका नागरिकको अस्मिता बिर्सिएको छ।”

राष्ट्रिय झण्डाको सम्मान र संरक्षण सबै नागरिकको साझा दायित्व रहेको जनाउँदै स्थानीयहरूले आगामी दिनमा यस्ता विषयमा चाँडो ध्यान दिन सरोकारवालाहरूसँग आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button