लहान–५ मा अपांग नावालिकसँग जबरजस्ती करणीको आरोप, प्रहरी माैन

सितल साह, लहान,सिरहा ०८२ असाेज ०९ ।। लहान–५ की एक अपांग नावालिकमाथि जबरजस्ती करणी भएको आरोप सार्वजनिक भएको छ। पीडित नावालिकले आफ्नै मुखले लहान ५ कै खानेपानि संस्थान नजिकै घर रहेकाे मो. ईशा नाम गरेका व्यक्तिले पकडेर घरमा लगि आफूलाई जबरजस्ती करणी गरेको बताइरहेकी छन्। घटना करिब एक हप्ता अगाडि भएको हो।
मानवअधिकारकर्मी विजय महतोका अनुसार, स्थानिय बासिन्दाले जानकारी दिएपछि पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रदेशिक अस्पताल लहानमा ल्याइए पनि तिन दिन बितिसक्दा समेत अस्पताल प्रशासनले मेडिकल रिपोर्ट उपलब्ध गराएको छैन। यसबारे महतोले गम्भीर आपत्ति जनाउँदै प्रहरी प्रशासनलाई घटना सम्बन्धि सबै कुरा मैखीक जानकारी हुदाहुदै समेत मौन बसेको र राजनीतिकरण तथा उच्चस्तरीय हस्तक्षेपका कारण आरोपी मो. ईशा अझै खुलेआम हिँडिरहेको आरोप लगाए।
यता, पीडित पक्षबाट हालसम्म कुनै निवेदन वा जाहेरी दर्ता नभएको प्रहरी स्रोतले जनाएको छ। पीडित नावालिककी आमा नभएको र बाबुले दोस्रो विवाह गरेपछि उनी अलपत्र अवस्थामा माग्दै–खाँदै आइरहेको जानकारी स्थानीयले दिएका छन्। हाल पीडितलाई महिला तथा मानवअधिकारकर्मीहरूको रोहवरमा सेफ हाउसमा लगने तयारी भईरहेकाे बुझिएको छ।
घटना उजागर भएसँगै प्रहरी प्रशासनको उदासिनता, अस्पताल प्रशासनको ढिलासुस्ती र राजनीतिक दबाबकै कारण न्याय ढिला हुने अवस्था देखिएको भन्दै अधिकारकर्मीहरूले छानबिनलाई निष्पक्ष बनाउन जोड दिएका छन्।
यसैबीच, करणी आरोपित तथा लहान ५ कै गुदरी हटीयामा (नयाँ बजार) कस्मेटीक पसलका संचालक समेत रहेका मो. ईशाले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले यसलाई षड्यन्त्र भन्दै पैसा दिएर नावालिकलाई आफूमाथि झूटो आरोप लगाउन लगाइएको बताएका छन्। आफूसँग यसको प्रमाणस्वरूप भिडियो रहेको दाबी गर्दै आफूलाई फसाउनेहरूमाथि छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन्।