मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

कपिलवस्तुको कृष्णनगरमा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी अन्तरक्रिया

धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु  ०८२-साउन १८ । शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजनामा र ईलाका प्रहरी कार्यालय, कृष्णनगरको समन्वयमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उदार संयोजक भूमिराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता रहनु भएको थियो । विशिष्ट अतिथिका रूपमा ईलाका प्रहरी कार्यालय, कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक इश्वर लौडारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख थुमा ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रतिनिधि, होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे, यातायात व्यवसायी संघका प्रतिनिधिहरू तथा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा मानव बेचबिखन रोकथाम, न्यूनीकरणका उपायहरू, सरोकारवालाबीच समन्वय र जनचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले मानव बेचबिखन जस्तो गम्भीर अपराध नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमले स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र सरोकारवाला संघसंस्थाबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button