प्याब्सन सिरहाको ९ औं अधिबेशन लहानकाे प्यारागन स्कुलमा सम्पन्न।।
प्याब्सन सिरहाको ९ औं अधिबेशन लहानकाे प्यारागन स्कूलमा भव्यताका साथ सम्पन्न भएको छ।
सितल साह , लहान , सिरहा , पाैष २७ ।। प्याब्सन सिरहाको ९ औं अधिबेशन लहानकाे प्यारागन स्कूलमा भव्यताका साथ सम्पन्न भएको छ। यस अधिबेशनको अध्यक्षता प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले गरेका थिए। प्रमुख अतिथि जसपाका नेता तथा सिरहा समन्वय समिति सभापति दिनेश महतों थिए। बिशिष्ट अतिथिहरूमा प्याब्सन मधेश प्रदेश अध्यक्ष अनिल झा, केन्द्रीय सह कोषाध्यक्ष विष्णु न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका धनपति भेटवाल, उद्योग वाणिज्य संघ लहानका अध्यक्ष बिकाश सारडा, पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, प्याब्सनका केन्द्रका पदाधिकारी, मधेश प्रदेशका पदाधिकारी, र विभिन्न जिल्लाका निजि विद्यालयका संस्थापक अध्यक्ष तथा सदस्य र प्रिंसिपलहरू रहेका थिए।
कार्यक्रमको सुरुमा प्रमुख अतिथि द्वारा पानसमा बत्तिबालेर उद्घाटन गरिएको थियो। लगभग एक दर्जन वक्ताले आफ्नो शुभकामना मन्तव्य समेत राखेका थिए।
उधोग वाणिज्य संघ लहानका अध्यक्ष बिकाश सारडाले दलित समुदायका दुई जना जेहेन्दार विद्यार्थीलाई निजि विद्यालयमा पढाउने बाचा गरेका छन। उहाँले भन्नुभयो, “निजि विद्यालयका विद्यार्थीहरूले राम्रो अंक ल्याएर देशका उच्च स्थान हासिल गरेका छन्। म पनि यथासम्भव आफ्नो दायित्व निभाउँदै समाजसेवा गर्दै आइरहेको छु।”
पत्रकार महासंघका अध्यक्ष मनोज बनैताले आफ्नो शुभकामना मन्तव्य राख्दै, “निजि विद्यालयले समाजमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ। समाजिक रुपान्तरणका लागि अझ बढी कदम चाल्नुपर्ने आवश्यकता छ। लागू औषध, बाल विवाह, दहेज प्रथा र कुलतका क्षेत्रमा पनि निजि विद्यालयले योगदान पुर्याउनुपर्ने मेरो मान्यता हो।” उहाँले निजि विद्यालयका शिक्षकहरूको आर्थिक समस्यामा सुधारको आवश्यकता र सरकारी शिक्षक साे सरह नै समान सेवा सुविधा दिने व्यवस्था गर्नुपर्ने कुरा पनि राख्नुभयो। साथै, दलित समुदायका कति विद्यार्थी निजि विद्यालयमा अध्ययन गरिरहेका छन् भन्ने तथ्याङ्क उपलब्ध गराउन आग्रह पनि गर्नु भयाे।
राष्ट्रिय परीक्षा बोर्डका धनपति भेटवालले शुभकामना मन्तव्य राख्दै, “प्याब्सन देशको ठुलो मेरुदण्ड हो। कहिलेकाहीं हामी कोटा खालि गरेर भए पनि गरीब, दलित र अति विपन्न वर्गका विद्यार्थीलाई शिक्षा दिनका लागि हाम्रा प्रयास जारी राख्नुपर्छ।” उनले निजि विद्यालयका शिक्षक शिक्षिकाहरूको सेवा सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता पनि जोड दिए।
प्याब्सन केन्द्रका नरेन्द्र शर्माले, “हामीले १०% छात्रवृत्ति कोटा दिन्छौं, तर राज्यको नीति अनुसार यस छात्रवृत्तिमा पढिरहेका बिद्यार्थीहरुलाई भाेलि गएर समस्याहरू उत्पन्न हुँदैछन्। अझै पनि हामी २०२८ को शिक्षा ऐनमा अड्किएका छौं, जसले हाम्रो कामलाई गाह्रो बनाएको छ।” उनले निजि विद्यालयको गुणस्तरमा सुधारको आवश्यकता नभएको र यसका विद्यार्थीहरूको सफलता भनेको नेपालका भविष्यको प्रतिबिम्ब भएको बताए।
केन्द्रीय सहकोषाध्यक्ष विष्णु न्यौपानेले, “सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको आरोप लगाउने व्यक्तिहरूलाई हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि निजि विद्यालयहरू गुणस्तरीय शिक्षा दिइरहेका छन्। हामी निजि विद्यालयको भूमिका सधैं सकारात्मक देख्छौं।” उहाँले सरकारी नीतिहरूलाई आलोचना गर्दै, “प्रायः निजी विद्यालयको लगानीलाई सरकारले बेवास्ता गर्छ, जसले हामीलाई कठिनाइमा पारिरहेको छ,” भने।
मुख्य अतिथि दिनेश महतोले, “निजि विद्यालयलाई शिक्षा व्यापारको रूपमा प्रस्तुत भएकाे भनाई गलत हो यश भनाईलाई म मन्न्दिन । हामी विश्वास गर्छौं कि गुणस्तरीय शिक्षा दिनु आजको आवश्यकता हो।” उनले गरीब र दलित समुदायका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा दिनको लागि सरकारी नीतिहरूलाई सुधार्नुपर्ने कुरा गर्नु भयाे। “हामी आफैं कार्यालई द्वारा सिफारिस गरेर गरीब, दलित र जेहेन्दार विद्यार्थीलाई छुटको व्यवस्था गर्दै पढाइरहेका छौं,” उनले भने।
कार्यक्रमको समापनमा अध्यक्ष उमेश चौधरीले प्याब्सनका सम्पूर्ण सदस्यलाई समयमै नवीकरण गर्न आग्रह गर्दै, उपस्थित अतिथिहरूलाई मायाको चिनाे प्रदान गर्दै धन्यवाद ज्ञापन गरे।
यस अधिवेशनले सबै सदस्यहरूलाई शिक्षा क्षेत्रमा सुधार र समाजिक जिम्मेवारीको महत्त्व बुझाउँदै, आगामी दिनमा अझ प्रभावकारी कदम चाल्न आह्वान गरेको छ।