मिति:- २९ जेष्ठ २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहान-२४: श्रीमतीकाे मिर्गौला दानले बच्यो मौजे साहको जीवन


सितल साह, जेठ -०८ सिरहा , लहान ।। सिरहा जिल्लाको लहान नगरपालिका–२४ निवासी मौजे साहको जीवन उनको धर्मपत्नी रीतु साहको अद्वितीय समर्पण र त्यागले बच्न सफल भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित रहेका साहका दुवै मिर्गौला काम गर्न छाडेपछि, चिकित्सकहरूले तुरुन्त मिर्गौला प्रत्यारोपणको आवश्यकता रहेको बताएका थिए।

दुवै मिर्गौला फेल भएपछि मौजे साह विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारमा थिए।बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको छ। 

यस्तो कठिन र निर्णायक अवस्थामा साहकी श्रीमतीले बिना कुनै हिच्किचाहट आफ्नो एउटा मिर्गौला दान गर्ने निर्णय लिएकी हुन्। चिकित्सकीय परीक्षणपछि मिर्गौला मेल भएको पुष्टि भएपछि प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको अस्पताल स्रोतले जनाएको छ।

साहको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारण, परिवारले गाउँ–घर, आफन्त, सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग जुटाएको थियो। त्यस्तै, स्थानीय निकाय र अन्य निकायहरूसँगको सहयोग, साथै आफ्नो खेतसमेत बेचेर आवश्यक रकम संकलन गरी उपचार सम्पन्न गरिएको हो। पिडित मौजे साह लहान नगरपालिका–२४ का पूर्व वडा सदस्यसमेत रहेका छन् र लामो समय जनसेवामा सक्रिय रहँदै आएका थिए।

उनको परिवारमा एक छोरा र एक छोरी र आमा छन्। अहिले पनि मौजे साहको उपचार तथा पछिल्लो स्वास्थ्य सुधारका लागि आर्थिक सहयोग आवश्यक रहेकाले उहाँले समाजका सहयोगी मनहरूलाई हार्दिक अपिल समेत गर्नुभएको छ।

चिकित्सकको भनाइ अनुसार, समयमै मिर्गौला प्रत्यारोपण सम्भव भएकोले मौजे साहको जीवन बचाउन सफल भएको हो। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी प्राप्त भएको छ।

यो घटना पारिवारिक निष्ठा, प्रेम, समर्पण र आपसी सहयोगको उत्कृष्ट मिसाल बनेको छ। विशेषतः जीवन र मृत्युको दोसाँधमा उभिएका एक व्यक्तिको जीवनसाथीको निःस्वार्थ त्यागले एउटा परिवार मात्र होइन, सम्पूर्ण समाजलाई प्रेरित गर्ने कथा बनाएको छ।

सामाजिक सन्देशका रूपमा, यो घटना हामी सबैका लागि प्रेरणादायी छ—जहाँ प्रेम, समर्पण र सहयोगले असम्भव जस्तै लाग्ने संकटहरूलाई पनि पार गर्न सकिन्छ।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button