मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआन्दोलनपत्रकार सम्मेलनमुख्य-समाचारसमाचारस्थानीय खबर

औरही गा.पा. अध्यक्षसहित नेताहरूमाथि झुठा मुद्दा, जसपा नेपालको ज्ञापनपत्रमार्फत तीव्र विरोध

सिरहा जिल्लाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतका नेताहरूमाथि झुठा मुद्दा लगाएर थुनामा राखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले आज जिल्ला प्रशासन कार्यालय, सिरहामार्फत ज्ञापनपत्र बुझाउँदै तीव्र विरोध जनाएको छ।

सितल साह , सिरहा, चैत १० – सिरहा जिल्लाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतका नेताहरूमाथि झुठा मुद्दा लगाएर थुनामा राखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले आज जिल्ला प्रशासन कार्यालय, सिरहामार्फत ज्ञापनपत्र बुझाउँदै तीव्र विरोध जनाएको छ।

जसपाका जिल्ला अध्यक्ष अशोक कुमार यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रहरी प्रशासनको कारबाहीलाई राजनीतिक प्रतिशोधको उपज बताउँदै गम्भीर आपत्ति जनाइएको छ। साथै, गा.पा. अध्यक्ष जस्तो मर्यादित पदाधिकारीमाथि कपोलकल्पित आरोप लगाई मानमर्दन गर्दै थुनामा राख्नु लोकतान्त्रिक मूल्य र विधिको शासनको खुला उल्लंघन भएको जसपाले स्पष्ट पारेको छ।

मिति २०८१/१२/०८ गते जिल्ला प्रहरी कार्यालय, सिरहाले छलफलका नाममा अध्यक्ष यादव र अन्यलाई बोलाई कुनै संवाद नगरी अपमानजनक व्यवहार गर्दै थुनामा राखेको र ०८ गतेकै भोलिपल्ट झुठा आरोपमा छुवाछुतसम्बन्धी मुद्दा लगाई जाहेरी दर्ता गरिएको जसपाले जनाएको छ।

जसपाले अविलम्ब अध्यक्ष यादवसहित सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरूलाई स-सम्मान रिहा गर्न माग गर्दै, प्रयोगमा ल्याइएको मोटरसाइकल समेत फिर्ता गरिनुपर्ने जनाएको छ। साथै, माग पूरा नभए पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र सरोकारवालाहरूले लिनुपर्ने चेतावनी पनि दिएको छ।

उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र मधेश प्रदेश सरकारअन्तर्गत माननीय मुख्यमन्त्रीको कार्यालयमा समेत पठाइएको छ।

जसपा नेपालीको का अनुसार यो घटना लोकतान्त्रिक मूल्य, मानव अधिकार र जनप्रतिनिधिको सम्मानमाथिको प्रहार हो, जसको विरुद्धमा पार्टी सबै तहबाट संघर्ष गर्न तयार रहेको स्पष्ट संकेतसमेत दिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker