मिति:- २८ कार्तिक २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

सिरहामा जसपा–लोसपा समायोजन, अशोक यादवको नेतृत्वमा ६५ सदस्यीय समिति।।

सितल साह , लहान,सिरहा १३ अशाेज ०८३ । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीच सिरहा जिल्ला तहको समायोजन सम्पन्न भएको छ। समायोजन तथा विस्तारित बैठकले अशोक कुमार यादवको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो।


सिरहाको समीक्षालयमा ‘संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धि’ भन्ने मूल नारासहित सम्पन्न बैठकमा जसपा र लोसपा नेपालका जिल्ला तथा पालिका अध्यक्ष, विभिन्न तहका नेता–कार्यकर्ता र अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।


नयाँ समितिको उपाध्यक्षमा रामदयाल यादव र अशोक कुमार मण्डल, सचिवमा बिन्दुकुमार मण्डल, उपसचिवमा दिनेश महतो र सन्तोष यादव तथा कोषाध्यक्षमा लक्ष्मी कुमारी श्रेष्ठ चयन भएका छन्। कार्यकारिणी तथा जिल्ला सदस्यसहित ६५ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।


बैठकमा पूर्व मधेश प्रदेश मन्त्री तथा जसपा नेपालका केन्द्रीय नेता राजु गुप्ता, राकेश झा लगायतका नेताहरूको उपस्थिति थियो। पार्टी एकीकरण, संगठन सुदृढीकरण तथा जिल्लाका राजनीतिक, सामाजिक र जनजीविकासँग जोडिएका विषयमा समेत छलफल भएको जनाइएको छ।


समायोजनपछि नयाँ जिल्ला समितिले पालिका तथा वडा तहसम्म संगठन विस्तार गर्दै पार्टी गतिविधिलाई थप सक्रिय बनाउने बताइएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker