मिति:- ७ आश्विन २०८३, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लोकज्योति उत्थान केन्द्रद्वारा हिमालय माविमा विशेष अनुगमन।।

सितल साह,धनगढीमाई, सिरहा । २०८३ साल अशाेज ५ गते सोमबार लोकज्योति उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम” OUS Project Area अन्तर्गत सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ स्थित हिमालय माध्यमिक विद्यालय, सिमलटोकिमा एजुकेसन फिल्ड अफिसर विश्वनाथ फुयलद्वारा विशेष अनुगमन गरिएको छ।


अनुगमनका क्रममा कक्षाकोठामै पुगेर विद्यार्थीहरूसँग गुणस्तरीय शिक्षा, नियमित पठनपाठन, समयको सदुपयोग, विद्यालयमा नियमित उपस्थिति, घरको गृहकार्य पूरा गर्ने बानी तथा केन्द्रद्वारा उपलब्ध गराइएका शैक्षिक सामग्रीको सही प्रयोगका विषयमा अन्तरक्रिया गरिएको थियो।

त्यसैगरी, विद्यार्थीहरूलाई मोबाइल फोनको अनावश्यक प्रयोगबाट टाढा रहन आग्रह गर्दै मोबाइलले समयको सदुपयोगमा पार्न सक्ने असरबारे समेत छलफल गरिएको थियो। विद्यार्थीहरूले आफ्ना माेवाईल प्रयोगको जिज्ञासा तथा अनुभवहरू राखेका थिए भने अनुगमन टोलीले अध्ययनप्रति जिम्मेवार र अनुशासित बन्न सुझाव दिएको थियो।


अनुगमनका क्रममा शिक्षक–शिक्षिकासँग समसामयिक शैक्षिक विषयमा छलफल गर्नुका साथै विद्यार्थीको हाजिरी, केन्द्रबाट उपलब्ध गराइएका शैक्षिक तथा खेलकुद सामग्रीको प्रयोग, विद्यार्थीको नतिजा तथा प्रथम त्रैमासिक परीक्षाका उत्तरपुस्तिका समेत निरीक्षण गरिएको थियो।


विशेषगरी विद्यालयमा धेरै विद्यार्थी अनुपस्थित रहेको विषयलाई गम्भीरतापूर्वक लिँदै विद्यालयका शिक्षक टोली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद महतो, व्यवस्थापन समिति सदस्य, धनगढीमाई नगरपालिका–१२ का वडा अध्यक्ष जयप्रकाश ठाकुर तथा विद्यालय प्रशासनसँग विद्यार्थीहरूको नियमित उपस्थिति बढाउने र अनुपस्थित विद्यार्थीलाई विद्यालयमा फर्काउन अपनाउनुपर्ने उपायबारे गहन छलफल गरिएको थियो।


नियमित उपस्थिति, गुणस्तरीय शिक्षा र शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगमार्फत विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले गरिएको यस प्रकारको अनुगमनले विद्यालय सुधारमा थप सहयोग पुग्ने विश्वास गरिएको

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker