मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनखेलकुदपत्रकार सम्मेलनशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहानमा तेस्रो मेयर गोल्डकप 2081 भोलिबाट सुरु, उद्घाटन खेल झापा र बारा एपीएफबीच

सिरहाको लहानमा भोलिदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८१ सुरु हुँदैछ। पत्रकार सम्मेलनमार्फत आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले प्रतियोगिताबारे जानकारी दिँदै चैत ११ गते सोमबारदेखि २० गतेसम्म चल्ने खेलमा विभिन्न जिल्लाका १० टिमहरूको सहभागिता रहने जानकारी गराएका छन्।

सितल साह , सिरहा,लहान, चैत १० – सिरहाको लहानमा भोलिदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८१ सुरु हुँदैछ। पत्रकार सम्मेलनमार्फत आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले प्रतियोगिताबारे जानकारी दिँदै चैत ११ गते सोमबारदेखि २० गतेसम्म चल्ने खेलमा विभिन्न जिल्लाका १० टिमहरूको सहभागिता रहने जानकारी गराएका छन्।

प्रतियोगिताको उद्घाटन खेल झापा र बारा एपीएफबीच हुनेछ। खेलको प्रथम पुरस्कार नगद २ लाख ११ हजार र द्वितीय पुरस्कार १ लाख ११ हजार रुपैयाँ रहेको छ भने अन्य ७ विधाका लागि ६२ हजार रुपैयाँ नगद पुरस्कार छुट्याइएको छ। प्रतियोगिताको कुल अनुमानित लागत ३२ लाख १५ हजार रुपैयाँ रहेको छ भने लहान नगरपालिकाले २५ लाख र अन्य प्रायोजनमार्फत ७ लाख ५० हजार आम्दानी हुने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा खेलमैदान वरिपरि मुख्य प्रायोजक लहान नगरपालिकासहित अन्य प्रायोजकहरूको प्रचार सामग्री आकर्षक तरिकाले सजाइनेछ। गोल नेपाल डटकमबाट खेलको प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ।

लहानमा फुटबलको ऐतिहासिक पृष्ठभूमि छ र स्थानीय खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेका छन्। यस प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने, व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने तथा लहानलाई राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।

आयोजक क्लब हिम कस्तुरी युवा क्लबले विगतमा विभिन्न सफल प्रतियोगिताहरू आयोजना गरिसकेको अनुभवका आधारमा यसपटकको मेयर गोल्डकपलाई पनि भव्य र सफल बनाउन सम्पूर्ण सहयोगी निकाय र स्थानीयवासीलाई साथ दिन आग्रह गरेको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker