मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

खगेन्द्र सुनारको स्टाटसप्रति जसपाको चेतावनी: ‘दुष्प्रचार बन्द गर, होइन भने प्रमाण पेश गर´।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष माननीय उपेन्द्र यादवमाथि सामाजिक सञ्जालमार्फत लगाइएको आरोपप्रति पार्टीको निजी सचिवालयले कडा खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

सितल साह, सिरहा , चैत्र ११ — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष माननीय उपेन्द्र यादवमाथि सामाजिक सञ्जालमार्फत लगाइएको आरोपप्रति पार्टीको निजी सचिवालयले कडा खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। जसपाको अनुसार खगेन्द्र सुनारद्वारा वा उनको नामबाट फैलाइएको आरोप पूर्णतः झुटा, भ्रामक, निराधार, घृणित, अमर्यादित, संस्कारहीन र आपराधिक प्रवृत्तिबाट प्रेरित छन्।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार सामाजिक सद्भाव र सहिष्णुतामा खलल पुर्‍याउने उद्देश्यले नियोजित रूपमा यो दुष्प्रचार गरिएको छ। व्यक्तिको चरित्र हत्या र समाजमा घृणा फैलाउने उद्देश्यले प्रेरित यस खालको अभियानप्रति पार्टी गम्भीर आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ।

जसपाले यस्तो सस्तो लोकप्रियता कमाउने प्रयोजनले लगाइएका आरोपलाई प्रमाणसहित पुष्टि गर्न सम्बन्धित पक्षलाई चुनौती दिएको छ। साथै, यदि प्रमाणित गर्न नसकिने हो भने तत्काल यस्तो आपराधिक मानसिकता अन्त्य गरी दुष्प्रचार बन्द गर्न चेतावनी दिइएको छ।

विज्ञप्तिमा स्मरण गराइएको छ कि जसपा नेपालले मधेशी, दलित, मुस्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत लगायत समुदायका हक, अधिकार, समानता र पहिचानका लागि ऐतिहासिक रूपमा निरन्तर संघर्ष गर्दै आएको छ। जातीय विभेद अन्त्य र सामाजिक न्यायको पक्षमा सदैव अडिग रहेको जसपाले सम्पूर्ण उत्पीडित जात/जनजातिका अधिकारका लागि निरन्तर प्रतिबद्धता जनाएको छ।

प्रेस विज्ञप्तिमा पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि गरिएको दुष्प्रचारलाई आपराधिक धृष्टता भन्दै रोक्न आग्रह गरिएको छ। जसपाले समाजमा सद्भाव, सहिष्णुता र न्यायको पक्षमा आफ्नो ऐतिहासिक भूमिकालाई निरन्तरता दिने उल्लेख गरेको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker