मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

औरहि गा.पा.मा यज्ञकाे नाममा दलित बिस्थापनकाे चर्चा, मानवअधिकार संगठनद्वारा स्थलगत अनुगमन

सिरहा जिल्लास्थित औरहि गाउँपालिकामा यज्ञकाे नाममा दलित समुदायलाई बिस्थापित गरिएको र जातीय विभेद गरिएको विषयले व्यापक चर्चा पाईरहेको बेला नेपाल मानवअधिकार संगठन सिरहाका तर्फबाट केन्द्रीय सदस्य राज कुमार राउत, जिल्ला सदस्य सुरेन्द्र कुशवाहा, विजय महतो, चन्देश्वर राम लगायतको टोलिले घटनास्थलको स्थलगत अनुगमन गरेको छ।

 

सितल साह ,सिरहा चैत १० — सिरहा जिल्लास्थित औरहि गाउँपालिकामा यज्ञकाे नाममा दलित समुदायलाई बिस्थापित गरिएको र जातीय विभेद गरिएको विषयले व्यापक चर्चा पाईरहेको बेला नेपाल मानवअधिकार संगठन सिरहाका तर्फबाट केन्द्रीय सदस्य राज कुमार राउत, जिल्ला सदस्य सुरेन्द्र कुशवाहा, विजय महतो, चन्देश्वर राम लगायतको टोलिले घटनास्थलको स्थलगत अनुगमन गरेको छ।

चैत ०९ गते सम्पन्न अनुगमनका क्रममा टोलीले पीडित दीपक मल्लिकको घर हुलाकी सडक छेउमा निजकै सहमति र मंजुरीमा गाउँपालिकाले बनाइरहेको पाएको छ। टोलीले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्न नसके पनि उनका दुई छोरीहरूसँग भएको कुराकानीमा अनुसार, उनीहरूको माग केवल जनता आवासअनुसारको घर, बत्ति, खानेपानी र बस्न योग्य सुविधा सुनिश्चित गर्नु मात्र रहेको उल्लेख गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार मल्लिक (डोम) समुदायका घरहरूबाट निकालिएको माटो यज्ञभूमिमा भगवानको मूर्ति उचो पार्न प्रयोग गरिएको हो र यज्ञ सम्पन्न भएपछि कृषि बजारीकरणका लागि त्यस भूमिलाई फराकिलो बनाउन खाली गराइएको हो भन्ने स्थानीयहरूको दावी छ।

पीडित दीपक मल्लिकका सामाजिक सञ्जाल र विभिन्न अभिव्यक्तिहरूमा आफू र आफ्नो परिवार बस्न योग्य आवासको माग गर्दै आएको पुष्टि मानवअधिकारवादीहरूको अनुगमनमा पनि पाइएको छ।

गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका नेता दिलिप यादव तथा यज्ञ आयोजक बजरंगी बाबाले उक्त कार्यमा कुनै करबल प्रयोग नगरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

मानवअधिकार संगठनको स्थलगत अनुगमन र समाजमा फैलिएको चर्चा-परिचर्चालाई ध्यानमा राख्दै सम्बन्धित निकाय र स्थानीय तहले गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker