मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सगरमाथा अँखा अस्पतालका डा. सीमा माथि डा.बिनाेद चौधरीद्वारा मानसिक यातना र दुर्ववहारको आरोप।

सगरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत डाक्टर सीमा महतो अस्पतालमै अचेत भइ ढल्ने घटना सार्वजनिक भएपछि अस्पतालमा कार्यरत डा. विजय चौधरीमाथि मानसिक पीडा र दुर्व्यवहारको गम्भीर आरोप लागेको छ।

सिरहा ,लहान, चैत्र १०, — सगरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत डाक्टर सीमा महतो अस्पतालमै अचेत भइ ढल्ने घटना सार्वजनिक भएपछि अस्पतालमा कार्यरत डा. विजय चौधरीमाथि मानसिक पीडा र दुर्व्यवहारको गम्भीर आरोप लागेको छ।

लहानस्थित अस्पतालको माथिल्लो तलामा बैठक चलिरहेको क्रममा सीमा महतो अचानक कुर्सीबाट अचेत भइ ढलेपछि तत्काल व्हीलचेयरमा राखी प्रादेशिक अस्पताल, लहानको आकस्मिक कक्षमा लगेर अक्सिजनसहित उपचार गरिएको छ।

धनगढीमाई नगरपालिका–७, कसहा निवासी डा. सीमाको न्यायको पक्षमा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा अस्पताल सञ्चालक समिति बीच अस्पतालमै छलफल चलिरहेको बेला उक्त घटना भएको हो।

डा. सीमाका श्रीमान दीपेन्द्र सिंहका अनुसार, डा. विजय चौधरीबाट लगातार मानसिक तनाव दिइएको, लिखित तथा मौखिक रूपमा अस्पताल प्रशासनलाई जानकारी दिइए तापनि हालसम्म कुनै कारवाही नहुँदा डा. सीमा डिप्रेसनको अवस्थामा पुगेकी थिइन्।

नेपाल नेत्र ज्योति संघ, सिरहाका सभापति सन्तोष चौधरीले पत्रकारको जिज्ञासामा प्रतिक्रिया दिँदै, “अहिले केही भन्न मिल्दैन, अन्तिममा सबैलाई जानकारी गराउने छौं,” भनेका छन्।

नेपाल र भारतमा समेत प्रतिष्ठित सगरमाथा चौधरी आँखा अस्पतालमा यस्तो घटना बाहिरिनुले अस्पतालको गरिमा र विश्वासमा आँच पुग्ने भन्दै नागरिक तहमा व्यापक चिन्ता देखिएको छ। घटना गम्भीर भएको हुँदा तत्काल सत्यतथ्य सार्वजनिक गरिनुपर्ने माग समेत बढ्दो छ।

अस्पताल प्रशासन प्रमुख अभिषेक रोशनलाई पटक–पटक पीडाको बारेमा जानकारी गराइए पनि निष्क्रियता देखिएको परिवारजनको आरोप छ। यद्यपि, डा. विजय चौधरीले कुन किसिमको मानसिक पीडा दिए भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइनसकेको अवस्था छ।
एक प्रतिष्ठित अस्पतालभित्र कार्यरत महिला चिकित्सकमाथि कार्यस्थलमै मानसिक यातना र दुर्व्यवहारको आरोपको अनुसन्धान नभई ढिलाइ हुनु स्वाभाविक नै प्रश्न उठाउने विषय हो। अब यस विषयमा सत्य उजागर हुने छ वा पीडा अझै ढाकछोप गरिनेछ भन्ने प्रतीक्षा गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker