मिति:- २० जेष्ठ २०८३, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

सिरहाको लहानमा २ ट्र्याक्टर काठसहित एक जना पक्राउ।।

सिरहाकाे लहानमा डिभिजन वन कार्यालय (डीएफओ) सिरहा लहान र सब डिभिजन वन कार्यालय लहानको संयुक्त गस्ती टोलीले लहान नगरपालिका वार्ड नम्बर २० मा अबैध रूपमा सञ्चालन गरिएको स मीलबाट २ ट्र्याक्टर चिरान र गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सितल साह , लहान ,साउन ३२ ।। सिरहाकाे लहानमा डिभिजन वन कार्यालय (डीएफओ) सिरहा लहान र सब डिभिजन वन कार्यालय लहानको संयुक्त गस्ती टोलीले लहान नगरपालिका वार्ड नम्बर २० मा अबैध रूपमा सञ्चालन गरिएको स मीलबाट २ ट्र्याक्टर चिरान र गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८१ साल भदौ ३२ गते बेलुकी ५:३० बजे गरिएको यो अपरेशनमा विभिन्न प्रजातिका काठहरू अबैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा फेला परेको थियो।गस्ती टोलीले स मीललाई सिल गर्दै थप अनुसन्धानको लागि प्रक्रिया अघि बढाएको छ।

साे कार्यमा फरेस्टर द्वय राम सरोज राय र सन्तोषकुमार यादव, एएफजी जिल्ला कमान्डर ब्रह्मदेव यादव, एफएजी लहान कमान्डर रामचन्द्र चौधरी सहितको टोलीले सक्रिय भूमिका खेलेका थिए। डिभिजन वन कार्यालयको यस महत्वपूर्ण कार्यलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker