मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

बस्तिपुरका प्र.अ.देबेन्द्र यादबले खुवाए बासि दीवा खाजा:अनुगमनकर्ता मौन

सामुदायिक विद्यालयहरूमा विद्यार्थीका लागि दिइने दिउँसो खाजामा अनियमितता मौलाउँदै गएको छ। गुणस्तरहीन, बासी तथा पोषणहीन खाजा वितरण गरी विद्यालय प्रशासनले भ्रष्टाचार गरेको कैयौं उदाहरणहरू फेला परेका छन्।

सितल साह , माघ २५ लहान ।। सामुदायिक विद्यालयहरूमा विद्यार्थीका लागि दिइने दिउँसो खाजामा अनियमितता मौलाउँदै गएको छ। गुणस्तरहीन, बासी तथा पोषणहीन खाजा वितरण गरी विद्यालय प्रशासनले भ्रष्टाचार गरेको कैयौं उदाहरणहरू फेला परेका छन्। यस्ता गतिविधि रोकथाम गर्नुपर्ने अनुगमन निकायहरू मौन बस्नु वा स्वयं अनियमिततामा संलग्न हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

लहान–१४ बस्तिपुरस्थित बस्तिपुर माविमा केही दिनअघि भएको घटनाले यस समस्याको झन् ठूलो पर्दाफास गरेको छ। उक्त विद्यालयमा पाँच दिन पहिला नै पकाएकाे बुनियाँ विद्यार्थीलाई खुवाइएको पाइएको छ। विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवले दिउँसो खाजामा मनोमानी गर्दै कहिले बासी खाना, मात्र सुखा भुजा वितरण गरी आर्थिक अनियमितता गरेको आरोप स्थानीयहरूले लगाएका छन्।

यस्ता घटनाहरू शिक्षण संस्थामा नै विद्यार्थीहरूको स्वास्थ्यलाई जोखिममा पार्ने र सरकारी स्रोतहरूको दुरुपयोग गर्ने गम्भीर लापरबाही हुन्। सरकारी अनुदानमा चल्ने यी योजनाहरूमा कडाइका साथ अनुगमन हुन आवश्यक छ। अनुगमन निकायको निष्क्रियता र मिलेमतोले यस्तो बेथितिलाई झन् प्रश्रय दिइरहेको देखिन्छ।

विद्यार्थीहरूको पोषण र स्वास्थ्य जोगाउनका लागि सरकारले दिउँसो खाजाका लागि छुट्याएको रकमको प्रभावकारी व्यवस्थापन हुनु आवश्यक छ। यदि सम्बन्धित निकायहरूले उचित अनुगमन गर्न सकेनन् भने यस्ता अनियमितताले सामुदायिक विद्यालयप्रति विश्वास गुम्नेछ। त्यसैले, सरोकारवाला निकायले तुरुन्तै प्रभावकारी कदम चाल्न आवश्यक छ, अन्यथा विद्यार्थीहरू नै यसको ठूलो मारमा पर्नेछन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker