मिति:- ३२ जेष्ठ २०८२, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सांसद राजकुमार गुप्ताको पहलमा सिरहाको सिस्वामा मदरसा निर्माणकाे शिलान्यास सम्पन्न ।।

सितल साह , लहान, सिरहा , बैशाख २५ – सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित सिस्वा गाउँमा मुस्लिम समुदायका छात्रछात्राहरूलाई लक्षित गर्दै मदरसा निर्माण कार्यको आज शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकारद्वारा विनियोजित बजेटमार्फत उक्त निर्माण कार्य शुरू गरिएको हो।

यस परियोजनाको शिलान्यास जनता समाजवादी पार्टी, नेपालका नेता तथा मधेश प्रदेश सभा सदस्य माननीय राजकुमार गुप्ता (राजु) को विशेष पहलमा गरिएको हो। गुप्ताले मुस्लिम समुदायभित्र शिक्षा पहुँच अभाव रहेको बुझेका कारण यस क्षेत्रमा शिक्षाको विकास गर्न विशेष ध्यान दिएको जनाइएको छ।

शिलान्यास कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो। शिलान्यास गर्दै सांसद गुप्ताले भने, “साक्षर समाज निर्माण हाम्रो प्राथमिकता हो। मुस्लिम समुदायका बालबालिकाले पनि समान अवसरमा शिक्षा पाउनु पर्दछ भन्ने मान्यता अनुरूप यो मदरसा निर्माणको पहल लिएको हुँ।”

स्थानीय बासिन्दाहरूले यस प्रयासको खुलेर स्वागत गरेका छन्। उनीहरूका अनुसार यस किसिमका परियोजनाहरूले समुदायको विकासमा उल्लेखनीय योगदान पुर्‍याउनेछ। विशेषगरी मुस्लिम बालबालिकाहरूको शैक्षिक भविष्य उज्यालो बनाउने दिशामा यो एक महत्वपूर्ण कदम हुनेछ।

मदरसाको निर्माण कार्य सम्पन्न भएसँगै दर्जनौं छात्रछात्राहरूलाई सुलभ र गुणस्तरीय धार्मिक तथा साधारण शिक्षाको अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button