मिति:- ३ भाद्र २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

कतारमा सिरहाका पत्रकार रामएकवाल रामलाई उत्कृष्ट पत्रकार पुरस्कार

दोहा, कतार — वैदेशिक रोजगारीसँगै झन्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका सिरहा, लहानका पत्रकार रामएकवाल रामलाई कतारमा उत्कृष्ट पत्रकार पुरस्कार प्रदान गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार राष्ट्रिय समन्वय परिषद् (एनसीसी) द्वारा आयोजित ११औं राष्ट्रिय एकता महाधिवेशनको अवसरमा उनलाई नगद १५ हजार १ रुपैयाँ र दोसल्लासहित सम्मान गरिएको हो।

शुक्रबार सम्पन्न सो समारोहमा संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्वमा तथा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा पत्रकार रामलाई सम्मान गरियो। प्रवासमा रहेर नेपाली समुदायलाई सूचनाको पहुँच पु¥याउँदै साहित्यिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई सञ्चार माध्यममार्फत सशक्त ढंगले प्रस्तुत गर्दै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै संघले उक्त सम्मान प्रदान गरेको हो।

सम्मान ग्रहणपछि पत्रकार रामले आयोजकप्रति आभार व्यक्त गर्दै पुरस्कारले आफूलाई अझ जिम्मेवार र समर्पित ढंगले पत्रकारितामा लाग्न हौसला मिलेको प्रतिक्रिया दिएका छन्। सिरहाको लहानबाट प्रसारण हुने सामुदायिक रेडियो समाद एफएमबाट पत्रकारिता सुरु गरेका राम हाल “बालासुन्दरी खबर” राष्ट्रिय दैनिकका सम्पादकका रूपमा कार्यरत छन्। हाल कतारमा रहेर प्रवासी श्रमिकका समस्या, पीडा र आवाजलाई निरन्तर उठान गर्दै आएका उनले सामुदायिक पत्रकारिता तथा श्रमिक मुद्दामा विशेष योगदान दिँदै आएका छन्। पत्रकार राम प्रवासी पत्रकारिताको अग्रपंक्तिका प्रतिनिधि पात्रको रूपमा चिनिन्छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button