मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

नोबेल अस्पतालमा पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ सफल, दुई बालकले सुन्‍न थाले आवाज

सितल साह ,विराटनगर, साउन १ — नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा पहिलोपटक जन्मजात सुन्न र बोल्न नसक्ने बालबालकहरूमा गरिएको ‘कोक्लियर इम्प्लान्ट’ सर्जरी सफल भएको छ। काठमाडौं बाहिर यो सेवा प्रारम्भ गरिएको यस घटनालाई ऐतिहासिक मानिएको छ।

सोमबार अस्पतालले पत्रकार सम्मेलनमार्फत दुई जना बालकमा सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो। अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपालका अनुसार, ती बालबालकहरू जन्मदेखि नै श्रवणसम्बन्धी गम्भीर समस्या बोकी आएका थिए। सर्जरीपछि उनीहरूले बाहिरी आवाजहरू सुन्‍न सुरु गरेका छन्, जुन अत्यन्तै उत्साहजनक प्रगति हो।

डा. नेपालका अनुसार, “सर्जरीपछि ती बालकहरूले आवाज अनुभव गर्न थालेका छन् र आगामी केही समयभित्र बोल्नसमेत थाल्ने अपेक्षा गरिएको छ।” उनका अनुसार सर्जरीको सफलताले देशका अन्य जन्मजात श्रवण समस्याग्रस्त बालबालिकाका लागि आशाको किरण देखिएको छ।

‘कोक्लियर इम्प्लान्ट’ एक प्रकारको इलेक्ट्रोनिक उपकरण हो, जुन श्रवण शक्ति गुमाएका व्यक्तिहरूलाई सुन्ने क्षमता पुनः प्राप्त गराउन प्रयोग गरिन्छ। यस प्रविधिका माध्यमबाट श्रवण नशालाई सक्रिय पारिने हुँदा प्राकृतिक रूपमा सुन्न नसक्ने व्यक्तिले पनि आवाज पहिचान गर्न सक्छन्।

नोबेल अस्पतालका अनुसार, अब यो सेवा नियमितरूपमा पूर्वाञ्चलमै उपलब्ध हुनेछ, जसले काठमाडौं जान नसक्ने तथा खर्च धान्न नसक्ने परिवारहरूलाई निकै राहत मिल्नेछ।

यो उपलब्धिलाई विशेषज्ञहरूले नेपालमा आधुनिक स्वास्थ्य सेवा विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्। साथै, सरकार तथा सरोकारवालाहरूले यस्तो प्रविधिलाई अझै धेरै जनसाधारणसम्म पुर्‍याउन नीति बनाउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button