मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सिरहा कल्याणपुर नगरपालिकाका मेयर  घुससहित रंगेहात पक्राउ

सितल साह , लहान,सिरहा, असार ३२।
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई घुससहित रंगेहात पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार उनलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियार स्रोतका अनुसार, नगरपालिकामा उपभोक्ता समितिमार्फत निर्माण गरिएको २० लाख रुपैयाँ बराबरको नाला योजनामा मेयर साहले उपभोक्ता समितिसँग २० प्रतिशत अर्थात् ४ लाख रुपैयाँ कमिसन मागेका थिए । समितिले उक्त रकम दिन असमर्थता जनाएपछि मेयरले योजनाको भुक्तानी दिन अस्वीकार गरेका थिए ।

करिब एक सातासम्म बार्गेनिङ गरेपछि अन्ततः मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ बुझाउनुपर्ने अडान राखेका थिए । विशेष सुराकीको आधारमा अख्तियारको टोलीले घुस लिने क्रममा छापा मारेको र सोही क्रममा उनलाई घुस रकमसहित पक्राउ गरिएको बताइएको छ ।

अहिले मेयर साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध कठोर कदम चालिरहेको सन्दर्भमा जनप्रतिनिधि तहका व्यक्तिहरूसमेत कानुनी दायरामा आउने उदाहरणका रूपमा यो घटनालाई हेरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button