सब डिभिजन बन कार्यालय बन्दिपुरमा ९९ हजार ५ सय बिरूवा उत्पादन।।

राजेन्द्र महतो , सिरहा , ०८२ असार २८ ।।
सिरहा ।सिरहाको करजन्हा नगरपालिका स्थित सब डिभिजन बन कार्यालय बन्दिपुरले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरेका छन।
सब डिभिजन बन कार्यालय बन्दिपुरले निशुल्क बितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण को लागि ९९ हजार ५ सय बिरूवाहरु उत्पादन गरेका हुन।
रष्टिय बन विकास तथा व्यब्स्थापन कार्यक्रम ( सघिय), प्रदेश सरकार र चुरे जलवायु उत्थानशिल चुरे कार्यक्रम अन्तर्गत
करजन्हा पालिका .- १ बन्दिपुर स्थित सब डिभिजन कार्यालय को परिसरमा महगनी , टिक, खयर ,अमला, गुलमोहर अर्जुना , शनि , तेज पात , गम्हाइर ,सरिफा ,जामुन, इपिल इपिल, बकाइन बयर , लिची, बरो, टाकी आदि जातका ९९ हजार ५ सय रूखकाे बिरुवा उत्पादन गरेको सब डिभिजन बन कार्यालय बन्दिपुर का प्रमुख तथा बन अधिकृत राम केवल राय ले बताएका छन।
नगरपालिका , गाउँ पालिका तथा बन जङ्गल क्षेत्र लाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले स्थानीय बासीलाई निशुल्क बाेटबिरूवा बितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण को लागि उत्पादन गरिएको सब डिभिजन बन कार्यालय बन्दिपुर का कार्यालय प्रमुख राम केवल राय ले बताएका छन। उत्पादन गरिएको बिरुवा , डिभिजन बन कार्यालय लहान र क्षेत्रीय बन निर्देश्नालय ले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराईने र बाकी रहेका लाई बन जङ्गल क्षेत्र मा वृक्षारोपण गरिने बन अधिकृत यादवले बताए।

वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण गर्दै आइरहेका छ्न।