मिति:- १७ असार २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

विजयनगरम अपाङ्गता भएका ५७ नागरिकलाई सहायक सामग्री, ३१ महिलालाई सिलाई मेसिन

धर्मेन्द्र कुमार कुर्मी
असार ०७ क।। पिलवस्तु -कपिलवस्तुको विजयनगर गाउँपालिकाले ‘सहारा र आत्मनिर्भरता’को नारालाई व्यवहारमा उतार्दै अपाङ्गता भएका नागरिक र महिलालाई लक्षित विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा ५७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र ३१ जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजसँग जोड्न र दैनिक जीवन सहज बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बिजय नगर गाउंपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।आगामी दिनमा अझ धेरै नागरिक लक्षित सहयोग कार्यक्रम ल्याउने बताउनु भयो ।
गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र घरेलु उद्योगको प्रोत्साहनलाई निरन्तरता दिइरहेको उपाध्यक्ष  लक्ष्मि  चौधरीले बताउनु भयो।

कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, तीनपाङ्ग्रे साइकल, सेतो छडी, चस्मा र इयरफोन जस्ता सामग्री उपलब्ध गराइएको छ। यस्ता सामग्रीले दैनिक जीवन सहज बनाउन र उनीहरूलाई थप आत्मबल प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button