मिति:- १७ असार २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहानमा रत्ना अटाे शाेरुमबाट MGs-5 नयाँ भेरएन्ट इलेकट्रिक कार लन्च ।।



सितल साह , लहान , सिरहा ,असार ०३ ।। लहानको पडरिया चोकस्थित रत्ना अटाे इलेक्ट्रोनिक ईभी शोरुमले छोटो समयमै उल्लेखनीय सफलता हात पारेको छ। शोरुमबाट  MGs-5 नयाँ भेरएन्ट इलेकट्रिक कार लन्च गरि आजबाट बिक्रीबितरण सुरु गरेका छन।यस साेरुमले विभिन्न प्रकारक कारहरु बिक्री गर्दै आइरहेकोले छाेटाे समयमा हालसम्म ८ वटा विभिन्न भेरीएन्टका विद्युतीय सवारीसाधन बिक्री भइसकेको सञ्चालक चेतन मुरारकाले जानकारी दिए। ग्राहकहरूलाई सजिलो किस्तामा कार खरीद गर्न सकियोस भनेर शोरुमले नेपाल राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी ४० प्रतिशत डाउनपेमेन्टमै गाडी उपलब्ध गराउँदै आएको छ।

शोरुममा २० लाखदेखि १ करोडसम्मका फरक मोडेलका कारहरू राखिएका छन्। सहज मूल्य, कम मेन्टिनेन्स खर्च, समयमै सर्भिसिङ सुविधा र पार्ट्सको भरपर्दो उपलब्धताका कारण यो शोरुम स्थानीय ग्राहकबीच लोकप्रिय बन्दै गएको छ।

शोरुमको औपचारिक उद्घाटन पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता विशिष्ट अतिथि थिए भने सीतल साह, महेश सिंह, आशीष साहसहित एक दर्जन पत्रकारको उपस्थिति रहेको थियो। नयाँ भेरिएसनका कारहरूलाई रातो कपडा हटाएर विधिपूर्वक सार्वजनिक गरिएको थियो।

शोरुममा हालै नेपालमा सार्वजनिक गरिएको एमजी एस५ ईभी समेत बिक्रीमा छ, जुन रियर-व्हील ड्राइभ, इनडिपेन्डेन्ट सस्पेन्सन र विश्वकै पातलो ब्याट्री जस्ता विशेषतासहित उपलब्ध छ। तीन फरक भेरिएसनमा उपलब्ध एस५ ईभीको मूल्य ४३.९९ लाखदेखि ५४.९९ लाख रुपैयाँसम्म रहेको छ। बिस्तृत जानकारीकाेलागि शाेरुममा सम्पर्क गर्न आग्रह गर्नु भएकाे छ।

सञ्चालक चेतन मुरारका र अजित अग्रवालले सबै ग्राहकहरूलाई शोरुममा आएर गाडी अवलोकन र परीक्षण गर्न आग्रह गर्दै यस्तो मूल्यमा यति सुविधा भएको कार अन्यत्र नभएको दाबीसमेत गरेका छन्। विद्युतीय कारसँगै फ्युल सिस्टम सवारी पनि शोरुममा उपलब्ध रहेको जानकारी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button