मिति:- १६ असार २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

कपिलवस्तुको विजयनगरमा चट्याङले लाग्दा एक महिलाको ज्यान गयो

धर्मेन्द्र कुमार कुर्मी।। असार ०४।। कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका-५ नाैरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवकाे चट्याङले मृत्युु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवकाे मृत्यु भएकाे हाे ।

शवलाई पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उनलेे बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button