विजयनगरमा विद्यार्थीलाई खेलकुद सामग्री वितरण

धर्मेन्द्र कुमार कुर्मी ,जेठ २८ कपिलबस्तु।।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा विद्यार्थीलाई खेलकुद सामग्री वितरण गरिएको हो । सेचेन करुणा नेपालले बुधबार विद्यार्थीलाई खेलकुद सामग्री उपलब्ध गराएकाे हाे । सेचेन करुणाले कार्यक्रम लागू गरेका १, २ र ७ नम्बर वडाभित्र रहेका ७ ओटा निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयलाई खेलकुद सामग्री दिएकाे हाे ।
नेपाल तारा मावि मगरघट्टा, जनजागृति मावि लाेहराैला, दूधाधारी नमुना मावि गुगाैली, आधारभूत विद्यालय नेवलागञ्ज, लाैटनराम द्राेपदी देवी मावि गणेशपुर, त्रिनेत्र मावि मधुनगर-साेनवर्षा र जनज्योति आधारभूत विद्यालय मानपुर-ढाेढरीलाई उक्त सामग्री उपलब्ध गराइएको छ ।

गाउँपालिकामा सेचेन करुणाद्वारा सञ्चालित नेपाल एकीकृत परियाेजना अन्तर्गत विद्यालयमा गठन भएका बाल क्लबलाई साे खेलकुद सामग्री वितरण गरिएको सेचेन करुणाका जिल्ला हेड अफिसर हुमलाल अधिकारीले जानकारी दिए । उनले विद्यार्थीकाे शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उद्देश्यले खेलकुद सामग्री विद्यार्थीलाई प्रदान गरिएको बताए ।
भलिबल २ थान, भलिबल नेट १ थान, हुलाहुप ३ थान, फुटबल २ थान, स्किपिङ राेेप ३ थान, क्रिकेट १ सेट, ब्याडमिन्टन २ थान, कक १ राेल, चेस बाेर्ड १ थान, साना बालबालिकाकाे बल ३ थान र सर्टपुट १ थान र बाल विकास केन्द्रलाई प्राेफाइल सामग्री वितरण गरिएको अधिकारीले जनाए ।
कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले खेलकुद सामग्रीले विद्यालयप्रति विद्यार्थीकाे लगाव बढ्ने बताए । यसले विद्यार्थीकाे सक्रियता बढ्नुकाे साथै विद्यार्थीकाे संख्यासमेत वृद्धि हुने उनले बताए ।
स्वास्थ्यकाे हिसाबले पनि महत्त्वपूर्ण भएकाेले शारीरिक र मानसिक रुपमा विकास हुने अध्यक्ष थापाकाे भनाइ छ । प्राप्त सामग्रीकाे उचित उपयोग गर्दै विद्यालयले व्यवस्थापकीय पक्षमा जाेड दिन उनलेे आग्रह गरे ।
कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, थारू प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाल शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे लगायत सम्बाेधन गरेका थिए ।
