मिति:- २९ जेष्ठ २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सिरहामा प्रेसमाथि आक्रमण: पत्रकार महासंघको ज्ञापनपत्र जिल्ला प्रशासनलाई:संघर्ष गर्ने चेतावनि

सितल साह , सिरहा, लहान , २०८२ जेठ १४ – नेपाल पत्रकार महासंघ, सिरहा शाखाले सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवद्वारा सञ्चारकर्मीहरूलाई पटक–पटक सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय, सिरहामा आधिकारिक ध्यानाकर्षण पत्र बुझाएको छ।

सिरहा नगर प्रमुख यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै “पत्रकारहरूले आफ्नो विरुद्ध लेखेमा भयानक परिणाम भोग्नुपर्ने” र “भारी जरिवाना गरिने” जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

यो प्रेस स्वतन्त्रता माथिको ठाडो आक्रमण हो। यस्ता अभिव्यक्तिहरूले प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको सुरक्षा माथि गम्भीर खतरा उत्पन्न गर्छन्।”* महासंघले यस्ता अभिव्यक्तिहरू प्रेस तथा प्रकाशन ऐन, २०४८, मुलुकी फौजदारी संहिता, २०७४ लगायतका प्रचलित कानून र लोकतान्त्रिक मूल्यविपरीत रहेको प्रष्ट पारेको छ।

पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयलाई यथाशीघ्र नगर प्रमुख यादवमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई कारबाही गर्न माग गरेको छ। साथै, यदि प्रशासनले यस विषयमा गम्भीरता नदेखाएमा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।

महासंघका सचिव मुकेश यादवले भने, पत्रकारमाथि हुने कुनै पनि किसिमको दुव्र्यवहार, धम्की र दबाबलाई सह्य गर्ने छैनौं। कानुनी राज्य र लोकतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि क्रियाकलाप हामीलाई मान्य छैन।”

यस घटनाले जिल्लाको सञ्चार क्षेत्रलाई स्तब्ध बनाएको छ भने विभिन्न सञ्चारमाध्यम, पत्रकार तथा अधिकारकर्मीहरूबाट पनि घटनाको घाेर भर्त्सना हुँदै आएको छ। अब प्रशासनको भूमिकाले नै घटनाको गम्भीरता र समाधानको बाटो निर्धारण गर्नेछ। यथा सिघ्र कानुनि दायरामा ल्याउन जाेरदार माग गर्दछौं , अन्यथा हामी संघर्ष गर्न बाध्य हुने छाै।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button