मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रकार सम्मेलनमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहाको औरहीमा ‘दलित उठिबास’ समाचार भ्रामक, मल्लिककै सहमतिमा घर सारिएको स्थानीयको भनाई।

सिरहा जिल्लाको औरही गाउँपालिकामा दीपक मल्लिकलाई जबरजस्ती उठिबास गरिएको भनी सामाजिक सञ्जाल र केही मिडियामा फैलिएको समाचार भ्रामक र तथ्यहीन भएको पुष्टि भएको छ।

सितल साह, सिरहा , औरही , चैत ०७ ।। सिरहा जिल्लाको औरही गाउँपालिकामा दीपक मल्लिकलाई जबरजस्ती उठिबास गरिएको भनी सामाजिक सञ्जाल र केही मिडियामा फैलिएको समाचार भ्रामक र तथ्यहीन भएको पुष्टि भएको छ। मल्लिक आफैँले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो घर सराइ सहमति र खुशीका साथ भएको जानकारी दिएका छन्।

मल्लिकका अनुसार उनी बसेको पुरानो घर कृषि बजारीकरण अन्तर्गत पर्ने जग्गामा रहेको हुँदा पालिकाले वैधानिक प्रकृया अनुसार पटकपटक गरि ३ पटक सूचना दिई सहमति लिएर वैकल्पिक व्यवस्था गरिएको हो। उनले भने, “गाउँको सरसमाजको सहमति, मेरो मंजुरीमा नै घर सारिएको हो। अहिले म सन्तुष्ट छु।”

उनका अनुसार घर रहेको जमिनको माटो भगवान विष्णुको महायज्ञ निम्ति बनाइँदै गरेको मूर्तिकै तल राखिएको छ। उनले कुनै पनि छुवाछुतको व्यवहार नभएको स्पष्ट पारे। नयाँ घरका लागि आफूले केही जायज मागहरू राखे पनि, अहिलेको व्यवस्थाप्रति आफू खुसी रहेको बताए।

स्थानीयवासीहरूले पनि मल्लिकलाई उठिबास गरी माटो फालेको भन्ने समाचारको खण्डन गर्दै, यो सबै विपक्षीहरूको राजनीतिक प्रतिशोध मात्र भएको जनाएका छन्। यस विषयमा संसदमा आवाज उठाएका सांसदहरूलाई समेत स्थलगत अनुगमन गरी सत्य तथ्य सदनमा प्रस्तुत गर्न आग्रह गरेका छन्।

औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले पत्रकार सम्मेलनमार्फत आफू कसैप्रति अन्याय नगरेको स्पष्ट पारे। उनले कृषि बजारीकरणका लागि ३ करोड २५ लाख विशेष अनुदान आएको जानकारी दिँदै, मल्लिककै सहमतिमा सिरहा हुलाकी सडक छेउमा लगभग २ कठा रहेकाे ऐलानि जमिन दिन सहमति भएको र हाल १० धुरमा अस्थायी घर बनाई सारेको जानकारी दिए।

माटो फालेको भनिएको ठाउँ विष्णु महायज्ञ स्थल भएकाले मूर्ति राख्न जग बनाउन उक्त माटोलाई धार्मिक हिसाबले पवित्र मानिएको स्थानमै उपयोग गरिएको उनले प्रस्ट पारे।

यादवले भने, “माथि लगाइएको दलित उठिबासको आरोप सरासर झूठ हो। मलाई बदनाम गर्न योजनाबद्ध षड्यन्त्र गरिएको हो।”

उनले सबै पत्रकारहरुलाई सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे। साथै उनले सामाजिक सद्भावमा खलल पुर्‍याउने भ्रमात्मक समाचार नलेख्न पनि सबैलाई सचेत गराए।

मल्लिकको घर सराइ उनकै सहमतिमा भएको र कुनै पनि जातीय विभेद नभएको प्रमाणित भइसकेको छ। सांसदहरुलाई पनि गम्भीर भएर तथ्य बुझ्न र संसदको गरिमा कायम राख्न स्थानीयले सुझाव दिएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker