मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनसमाचारस्थानीय खबर

बालासुन्दरी खबर दोस्रो वर्षमा प्रवेश, सत्य र निष्पक्ष पत्रकारितामा अडिग।।

जय माता दी मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित बालासुन्दरी खबर डटकम तथा बालासुन्दरी खबर राष्ट्रिय दैनिक आफ्नो दोस्रो वर्षमा प्रवेश गरेको छ।

सितल साह , लहान ,सिराहा फाल्गुन १५ ।। जय माता दी मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित बालासुन्दरी खबर डटकम तथा बालासुन्दरी खबर राष्ट्रिय दैनिक आफ्नो दोस्रो वर्षमा प्रवेश गरेको छ। सत्य, तथ्य, र निष्पक्ष पत्रकारिता भन्ने मुलमन्त्रका साथ २०८० फाल्गुन १४ गते स्थापना भएको यस न्युज पोर्टल र पत्रिकाले पहिलो वर्ष सफलतापूर्वक पूरा गर्दै नयाँ यात्रामा अग्रसर भएको छ।

सम्पादक रामएकवाल राम का अनुसार, पत्रकारिताको आधारभूत सिद्धान्तलाई आत्मसात गर्दै बालासुन्दरी खबरले सत्य समाचार प्रकाशन गर्दै आएको छ। उनले बालासुन्दरी खबरलाई यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण पत्रकार, कर्मचारी, विज्ञापनदाता, प्राविधिक टिम र पाठकप्रति आभार व्यक्त गरे।

“हामी जनताको पक्षमा सशक्त रूपमा कलम चलाउँदै आएका छौं। खोजमूलक र जनमुखी समाचारमार्फत हाम्रो यात्रा निरन्तर अघि बढ्नेछ,” सम्पादक रामले बताए

उनले थपे, “आगामी दिनहरूमा बालासुन्दरी खबरलाई अझ सबल, सिर्जनशील, सहनशील र विश्वासनीय बनाउने हाम्रो लक्ष्य हो। सञ्चार माध्यम र नागरिकको सम्बन्धले सामाजिक विकासमा टेवा पुर्‍याउने भएकाले पाठकहरूको साथ सदैव रहने विश्वास लिएका छौं।”

अन्त्यमा, उनले सम्पूर्ण पाठक, विज्ञापनदाता, कर्मचारी र पत्रकारहरूप्रति हार्दिक आभार व्यक्त गरे।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker