मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

जसपा नेपालद्वारा नवराजपुर १ की रींकु सदायमाथि बलात्कार र हत्या प्रकरणको विरोध:कारबाहीको माग।।

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरमा १७ वर्षीया किशोरी रिंकु सदायमाथि गाउँकै तीन जना युवकले सामूहिक बलात्कार गरेको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको छ।

सितल साह, सिरहा ,लहान , फाल्गुन १०– सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरमा १७ वर्षीया किशोरी रिंकु सदायमाथि गाउँकै तीन जना युवकले सामूहिक बलात्कार गरेको घटना प्रती जसपा नेपालकाे गम्भीर ध्यानाकर्षण भएको छ। घटनालाई स्थानीय स्तरमै दबाउन पंचायतीको माध्यमबाट कुप्रयास गरिएको थियो। अन्ततः किशोरीको हत्या भएपछि घटना बाहिरिएको छ।

जनता समाजवादी पार्टी, नेपाल (मधेश प्रदेश समिति) ले यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका अध्यक्ष बालकिशोर प्रसाद यादवले विज्ञप्ति जारी गर्दै अपराधीलाई उन्मुक्ति दिन खोज्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

“यस्तो जघन्य अपराध हुँदा पनि प्रहरी-प्रशासन मौन बस्नु अत्यन्तै दुःखद छ। बलात्कारीहरूलाई जोगाउने पंचहरू उपर जाहेरी दर्ता भए पनि अपराधीहरू अझै पक्राउ परेका छैनन्, जसले प्रहरीको उदासिनता देखाउँछ,” विज्ञप्तिमा उल्लेख छ।

यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी जो-कोहीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै जसपा मधेश प्रदेश समितिले कानुनी शासनको प्रत्याभूति गराउन सम्बन्धित सबै सरोकारवालाहरूलाई दबाब दिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker