मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आन्दोलनकृषिमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहानमा खुट्टी खोला सिंचाई नहर खुल्ला गर्ने सहमति, निर्माण कार्य स्थगित।

लहान नगरपालिकामा निर्माणाधीन खुट्टी खोला सिंचाई नहर खुल्ला हुनुपर्ने माग राख्दै किसान संघर्ष समिति लामो समयदेखि आन्दोलनरत रहेकोमा बैठकले समाधानको पहलस्वरूप महत्वपूर्ण निर्णयहरू गरेको छ।

सितल साह ,लहान, सिरहा फाल्गुन १५ ।। लहान नगरपालिकामा निर्माणाधीन खुट्टी खोला सिंचाई नहर खुल्ला हुनुपर्ने माग राख्दै किसान संघर्ष समिति लामो समयदेखि आन्दोलनरत रहेकोमा बैठकले समाधानको पहलस्वरूप महत्वपूर्ण निर्णयहरू गरेको छ।

नगरपालिकामा बसेको बैठकले किसानहरूको मागलाई सम्बोधन गर्दै संघ, प्रदेश, र स्थानीय तहको लगानी जुटाई खुल्ला नहर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हाल निर्माणाधीन नहरको कार्यलाई स्थगित गर्दै प्रचलित कानुनअनुसार ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाउन लहान नगरपालिका लाई अनुरोध गर्ने सहमति बैठकले गरीएको छ।

त्यसैगरी, लहान नगरपालिका क्षेत्रभित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाउन पनि निर्णय भएको छ। राजनीतिक दल, नागरिक समाज, र स्थानीय समुदायको सहयोगमा अतिक्रमित जग्गा खाली गराउन पहल गर्ने सहमति बैठकले गरेको छ।

यस बैठकले किसान संघर्ष समितिका हालसम्मका सम्पूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरू स्थगित गर्न आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अनुरोध गरेको छ। बैठकमा उपस्थित सरोकारवालाहरूले नगर क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सहमति कार्यान्वयन गर्न दुबै पक्ष तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker