मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीत रहेको भन्दै त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सिरहा फागुन २९ – जनता समाजवादी पार्टी नेपाल (जसपा) ले भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीत रहेको भन्दै त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको जसपा संसदीय दलको बैठकले अन्य अध्यादेशको पक्षमा मतदान गर्ने भए पनि भूमि सम्बन्धी अध्यादेश स्वीकार्न नसकिने ठहर गरेको हो।

जसपा सांसद दीपक कार्कीका अनुसार संसदमा स्वीकृतिका लागि अध्यादेश पेश हुँदा भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय भएको छ। यसअघि अध्यादेशबारे अध्ययन गर्न सांसद राजकिशोर यादवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो, जसको सुझावअनुसार निर्णय गरिएको कार्कीले जानकारी दिए।

संसद नचलेको अवस्थामा सरकारले सहकारी सम्बन्धी सहित ६ वटा अध्यादेश जारी गरेको थियो। प्रतिनिधि सभामा सत्ता पक्षको दुईतिहाइ नजिक बहुमत भए पनि राष्ट्रिय सभामा जसपा निर्णायक भूमिकामा रहेकाले सरकारले अध्यादेश स्वीकृतिका लागि संसदमा पेश गर्न सकेको छैन।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker