मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहान-२४ लेखनाथ मा.वि.को ४ कोठे भवन मेयर चाैधरी र वडा अध्यक्ष राय द्वारा  शिलान्यास।

सिरहाको लहान नगरपालिका–२४ मलहन गाउँमा रहेको श्री लेखनाथ माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

सितल साह, लहान, सिरहा माघ १४ ।। सिरहाको लहान नगरपालिका–२४ मलहनमा गाउँमा रहेको श्री लेखनाथ माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माणका लागि शिलान्यास गरिएको छ। लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी र वडा नं. २४ का अध्यक्ष रासलाल राय राजपूतले हिन्दू परम्परा अनुसार विधिवत रूपमा उक्त भवन शिलान्यास गरेका हुन्।

लहान नगरपालिकाको बजेटबाट निर्माण हुने यो चारकोठे भवनका लागि रु. ५५ लाखको ठेक्का धनगढी १० स्थित दिविजा कन्स्ट्रक्सनले पाएको छ। भवन निर्माण मिति २०८१ माघ २ बाट सुरु भई २०८२ जेठ ३० सम्म सम्पन्न गरिने योजना छ। लागत अनुमान रु. ८५ लाखभन्दा बढी भए पनि ठेक्का सम्झौता रकममा केही बचत भएको छ।

उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले भवन निर्माणले विद्यालयको भौतिक संरचनामा सुधार ल्याउँदै स्थानीय बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

नगर प्रमुख चौधरीले शैक्षिक क्षेत्रमा लहान नगरपालिकाले निरन्तर सुधारका प्रयास गरिरहेको उल्लेख गर्दै लेखनाथ मा.वि.लाई पनि आगामी वर्षहरुमा अंग्रेजी माध्यममा रूपान्तरण गरिने घोषणा गरे। यसअघि ल. ल. कु.मा.वि.मा अंग्रेजी माध्यम पठनपाठन सुरु भइसकेको र यसपालि पडरिया मा.वि.लाई पनि अंग्रेजी माध्यममा लैजाने योजना रहेको जानकारी दिए।

वडा अध्यक्ष रायले निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक निगरानी गरिने र आगामी दिनमा थप शैक्षिक परियोजनामा नगरपालिकाले ध्यान दिने प्रतिवद्धता व्यक्त गरे।

चारकोठे भवन निर्माणको शिलान्यासले स्थानीय समुदायमा उत्साह ल्याएको छ। विद्यालयका विद्यार्थी र अभिभावकले नगरपालिकाको यो कदमलाई शैक्षिक विकासको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker