मिति:- २० जेष्ठ २०८३, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

जीवन लघुबितले बुद्ध मन्दिर र डिहबार थानमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

सिरहा जिल्लाको लहान नगरपालिका-२०, कलाबनजर पहाडी टोलस्थित बुद्ध मन्दिर तथा डिहबार थानमा जीवन लघुबित वित्तीय संस्था लि. शाखा गढिया लहान-२३ सिरहाद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

लहान , माघ १९ ।। सिरहा जिल्लाको लहान नगरपालिका-२०, कलाबनजर पहाडी टोलस्थित बुद्ध मन्दिर तथा डिहबार थानमा जीवन लघुबित वित्तीय संस्था लि. शाखा गढिया लहान-२३ सिरहाद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाले समुदायिक स्वच्छता अभियान अन्तर्गत विभिन्न ९ वटा अभियोजनामध्ये एकलाई लक्षित गर्दै स्थानीय सदस्यहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो। उक्त अवसरमा पहाडी टोलका कृष्ण बहादुर तामाङ, संस्थाका आबद्ध सदस्यहरू रञ्जना कार्की, अनिता सदाय, अनुरागी देवी यादव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत सयपत्री, अशोक लगायत विभिन्न जातका बिरुवा रोपण गरिनुका साथै फोहोर व्यवस्थापनका लागि डस्टबिन हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker