मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

धोती’, ‘बिहारी’, ‘मर्स्या’ जस्ता शब्दहरू प्रयोग गरी कसैलाई हेप्ने कार्य दण्डनीय हुने।

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सी. के. राउतले "जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसूर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१" संसदमा दर्ता गरेका छन्।

सितल साह ,लहान , सिरहा , माघ २० ।। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सी. के. राउतले “जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसूर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” संसदमा दर्ता गरेका छन्। यो विधेयक पारित भएमा ‘धोती’, ‘बिहारी’, ‘मर्स्या’ जस्ता शब्दहरू प्रयोग गरी कसैलाई हेप्ने कार्य दण्डनीय हुनेछ।

डा. राउतले माघ २० गते संघीय संसद सचिवालयमा महासचिवलाई सम्बोधन गर्दै उक्त विधेयक दर्ता गर्न अनुमतिको लागि निवेदन पेश गरेका थिए। उनले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १०० बमोजिम यो विधेयक दर्ता गरेका हुन्।

यस विधेयकले जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित कुनै पनि प्रकारको भेदभावलाई कानूनी रूपमा कसूर मान्दै त्यसका लागि उचित सजायको व्यवस्था गर्ने प्रस्ताव गरेको छ। डा. राउतले यस विधेयकलाई प्रतिनिधि सभाको आगामी बैठकमा प्रस्तुत गर्न आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेका छन्।

यसअघि पनि डा. राउतले मधेसी समुदायप्रति हुने रंगभेदी विभेदको विरोध गर्दै आएका थिए। २०७९ साल पुस महिनामा माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा उनले सरकारले मधेसीहरूप्रति रंगभेदी विभेद गरेको आरोप लगाएका थिए।

यो विधेयक पारित भएमा नेपालमा जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव गर्ने कार्यलाई कानूनी रूपमा दण्डनीय बनाउनेछ, जसले समाजमा समानता र सम्मानको वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker