मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकउधघाटनमहाधिवेशनशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा माघ १२ गते लहानस्थित माखनभोग होटेलमा भव्य रूपमा सम्पन्न भएको छ।

सितल साह , लहान, सिरहा माघ १२।। राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा माघ १२ गते लहानस्थित माखनभोग होटेलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि सिरहा क्षेत्र नं. १ का सांसद रामशंकर यादव रहनुभएको थियो। सभाको अध्यक्षता संस्थाका अध्यक्ष रञ्जित कुमार यादवले गर्नुभएको थियो। सभामा केन्द्रीय, प्रदेश, र जिल्ला स्तरका विभिन्न सहकारी निकायका पदाधिकारी, शेयर सदस्यहरू, सञ्चालक समिति, र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा संस्थाका अध्यक्ष रञ्जित कुमार यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले हासिल गरेका उपलब्धिहरू, वर्तमान चुनौतीहरू र आगामी योजनाहरूबारे प्रकाश पार्नुभयो। उहाँले सहकारीले आर्थिक पारदर्शिता कायम गर्दै डिजिटल प्रणालीलाई प्राथमिकता दिएको र सहकारीको कार्यक्षमतामा सुधार ल्याउन निरन्तर प्रयासरत रहेको बताउनुभयो।

यस संस्थाले २०६७ साल फागुन ३ गते दर्ता भएको थियो। हाल यस सहकारीमा २०७ जना शेयर सदस्यहरू आवद्ध छन्, जसमध्ये ४१ जना महिला, १६५ जना पुरुष र १ संस्था रहेको छ। सहकारीले हालसम्म रु. १०,८५,९००।०० को कुल शेयर पुँजी जम्मा गरेको छ भने बचत निक्षेप रु. ३२,१२,३०५।७३ रहेको छ। संस्थाले हाल रु. ३१,९४,८४३।०० को ऋण लगानी गरी सहकारीको उद्देश्य अनुसार सदस्यहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आइरहेको छ।

सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले डिजिटल कारोबारलाई थप पारदर्शी बनाउन अनलाइन सफ्टवेयर लागू गरेको र QR कोड प्रणालीको व्यवस्थापन गरेको उल्लेख गरिएको छ। राष्ट्रिय सहकारी बैंकको १०० किता शेयर खरिद गर्दै सहकारीको पुँजीलाई मजबुत बनाउने काम समेत सम्पन्न भएको छ।

संस्थाले आगामी वर्षमा शेयर सदस्यहरूको संख्या २५० जना पुर्याउने लक्ष्य राखेको छ। साथै, शेयर पूँजीलाई रु. १५ लाखसम्म विस्तार गर्ने योजना बनाएको छ। सहकारीले सदस्यहरूलाई आर्थिक सुरक्षा दिन दुर्घटना तथा ऋण विमा कार्यक्रम कार्यान्वयन गर्ने र सुत्केरी खर्च तथा महिला सशक्तीकरणका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको छ।संचयकाेष संस्थाले दिएकाे ब्याजदर ६.६ % भन्दा सस्तो ब्याजदर दर ६.५ % मा हाम्रो यश सहकारीले ऋण उपलब्ध गराउदै आइरहेको जानकारी गराउनु भएकाे थियाे

साधारण सभामा सहकारी क्षेत्रको विकृति र विसंगतिलाई रोक्न आवश्यक कदम चाल्न नियामक निकायहरूसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। संस्थाले आर्थिक सुधार, पारदर्शिता, र दिगोपनमा जोड दिंदै आगामी दिनमा शेयर सदस्यहरूका लागि थप लाभदायक कार्यक्रम ल्याउने घोषणा गरेको छ।

अध्यक्ष यादवले सहकारीका उपलब्धिहरूलाई थप मजबुत बनाउन सबै शेयर सदस्यहरूको सहयोग अपरिहार्य रहेको बताउँदै संस्थाले आर्थिक समृद्धि र सामाजिक सेवाका लागि निरन्तर योगदान दिने वाचा गर्नुभयो। सभा भव्यताका साथ सम्पन्न भएको थियो।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker