मिति:- २० पुष २०८१, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

मदरसा व्यवस्थापन गर्न खाेज्दा सांसद खातुनसहित परिवारलाई निर्घात कुटपिट।।

सिरहा जिल्लाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङराहास्थित मदरसा विद्यालय व्यवस्थापन प्रयासमा देखिएको विवादले हिंसात्मक रूप लिएको छ। यस क्रममा मधेश प्रदेश सभा सदस्य सहिदा खातुन र उनका परिवारमाथि मदरसाका मौलवी मोहम्मद सोवरत मिया तथा उनका समर्थकहरूको एक दर्जन समूहले संघातिक हमला गरेका छन्।

सितल साह, पुस १९, गोलबजार, सिरहा ।। सिरहा जिल्लाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङराहास्थित मदरसा विद्यालय व्यवस्थापन प्रयासमा देखिएको विवादले हिंसात्मक रूप लिएको छ। यस क्रममा मधेश प्रदेश सभा सदस्य सहिदा खातुन र उनका परिवारमाथि मदरसाका मौलवी मोहम्मद सोवरत मिया लगायतका एक दर्जन समूहले निर्घात कुटपिट गरि संघातिक हमला गरेका छन्।

पछिल्लो पाँच वर्षदेखि गोलबजार नगरपालिकाबाट पटक–पटक बजेट विनियोजन हुँदै आए पनि सो बजेटको दुरुपयोग भएको भन्दै व्यवस्थापन सुधारको प्रयास गरिएको थियो। सांसद खातुनले मदरसाको बजेट सही शीर्षकमा खर्च गर्नुपर्ने माग राखेपछि हिंसा भड्किएको बताइएको छ। खातुनका अनुसार खाजा खर्च, छात्रवृत्ति तथा अन्य शैक्षिक शीर्षकका लागि आएको बजेटलाई मौलवी सोवरत मियाले मस्जिद निर्माण, जमिन खरिद,  पाेसाक बितरण र फ्लाेर  ढलान जस्ता कार्य गरेर मनाेमानि रकम खर्चीएकाे आरोप लगाएकि छिन।

प्रहरीका अनुसार घटनामा तीन जना व्यक्ति पक्राउ परिसकेका छन् भने अन्य फरार रहेका छन्। प्रत्यक्षदर्शी खैरुल खातुनले मौलवी साेवरत मिया लगायतका समुहरुले लाठी, भाटा, रड, चेन, र बियरका फुटेका बोतलजस्ता घरेलु हतियार प्रयोग गरी सांसद खातुन र उनका परिवारलाई घाइते बनाएको जानकारी दिइन्।

यस हमलामा सांसद खातुनका पति, भाइ, र छोरी गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार जारी रहेको छ। सांसद खातुनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्। यद्यपि, उनले प्रहरी प्रशासनमाथि राजनीतिक दबाबका कारण मुद्दा दर्ता गर्न आलटाल गरेको आरोप लगाएकी छिन्।

उनले भनिन्, “सांसद भएर पनि सुरक्षित छैन भने आम नागरिक कसरी सुरक्षित रहन सक्छन्? यो घटनाले राज्य प्रशासनप्रतिको विश्वासलाई थप कमजोर बनाएको छ।”

यस घटनाले स्थानीय क्षेत्रमा तनावको वातावरण सिर्जना गरेको छ। पीडित पक्षले निष्पक्ष छानबिन र न्यायको माग गर्दै प्रशासनलाई दबाब दिन थालेका छन्।

यता माैलवि मियालाई बजेट मनपरी किन खर्चेको भनेर साेध्दा मैले गाउँलेकाे निर्णय बमाेजिम उक्त रकम मस्जिदमा,पाेसाकमा तथा जमिन खरीद लगायत अन्य काममा लगाएकाे बताएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker