मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
उधघाटनखेलकुदमुख्य-समाचारलागूऔषधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

पत्रकार महासंघ सिरहाले लहान सिटि जेसिजलाई १ गोल अन्तरले हराउँदै सानदार जित हासिल गर्‍यो

लहान सिटि जेसिज द्वारा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ सिरहाले लहान सिटि जेसिजलाई १ गोलको अन्तरले पराजित गर्दै सानदार जित हासिल गर्‍यो।

सितल साह,लहान, मंसिर १९ । लहान सिटि जेसिज द्वारा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ सिरहाले लहान सिटि जेसिजलाई १ गोलको अन्तरले पराजित गर्दै सानदार जित हासिल गर्‍यो।

उक्त खेल लहान सिटि जेसिज र पत्रकार महासंघ सिरहाको बीचमा खेलाइएको थियो, जसको उद्घाटन कार्यक्रममा सिटि जेसिजका पूर्व अध्यक्ष राकेश झा, शंकर प्रसाद गुप्ता, मुरारी प्रसाद साह र वर्तमान अध्यक्ष उमेश कुमार यादव लगायतका पदाधिकारीहरूको उपस्थिति थियो। पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव, कोषाध्यक्ष बिरेन्द्र नेपाल, पत्रकार अर्जुन प्रसाद गुप्ता पत्रकार राजेन्द्र महतो, बिरेन्द्र यादव, लाल बिहारि यादव, राेयण्टर मण्डल, शम्भु  यादव , महेश सिंह, जिवछ उदासी, यम महतो, सितल साह, आशीष साह, जगरनाथ यादव धर्मेन्द्र पासवान र अनुभक्त चौधरी, अनिल चाैधरी , शुफल रमन बिजय यादव,ओम प्रकाश यादव लगायतका जिल्ला भरिका अधिकांस पत्रकारहरूको समेत उपस्थिति भएका थिए।

कार्यक्रमको उद्देश्य भनेको खेल मार्फत युवा दुर्व्यसन र लागू औषधका समस्याहरूको समाधानतर्फ सचेतना फैलाउने रहेको थियो। महासंघका अध्यक्ष मनोज बनैताले भने, “यो खेल कुनै हारजीतको खेल होइन, तर हामी यसमार्फत समाजमा सकारात्मक सन्देश दिन चाहन्छौं। दुर्व्यसनमा फसेका युवाहरुलाई खेलको माध्यमबाट सही दिशा दिइरहेका छौं।”

खेल २०/२० मिनेटका दुई भागमा विभाजित गरिएको थियो। खेलको पहिलो हाफमा पत्रकार महासंघ सिरहाले २ गोलको अग्रता हासिल गर्‍यो। सिटि जेसिजले पहिलो हाफको समयमा १ गोल गरेको थियो। दोस्रो हाफमा, सिटि जेसिजले १ गोल थपे पनि, पत्रकार महासंघ सिरहाले १ गोल थपेर ३-२ को नतिजासहित महासंघ विजयी भएको हो।

महासंघका तर्फबाट लाल बिहारि यादव, अनुभक्त चौधरी र यम महतोले १/१ गोल गरे, जसले टोलीलाई ३ गोलमा पुर्याएर जित दिलाएको थियो। सिटि जेसिजका तर्फबाट नित्यनन्द चौधरी र बम चौधरीले १/१ गोल गरे, तर टोली २ गोलमै सीमित रह्यो र जेसिजले हार बेहोरेको थियो।

यो खेल खेलाडीहरूको उत्साहजनक प्रदर्शन र उच्च खेल भावना देखाउने एउटा राम्रो उदाहरण बनेको छ, जसले समग्र खेलकुद र समाजमा सकारात्मक सन्देश पुर्याएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker