मिति:- ६ पुष २०८१, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
महाधिवेशनमुख्य-समाचारसमाचारस्थानीय खबर

लहान-२४ मा जसपा नेपालको आधारभूत निर्माण कार्यक्रम भव्यताकासाथ सम्पन्न।।

जसपा नेपालले लहान-२४ मा आयोजित आधारभूत निर्माण कार्यक्रम भव्यतासाथ सम्पन्न गरेको छ।

सितल साह सिरहा ,लहान, १३ मंसिर ।।  जसपा नेपालले लहान-२४ मा आयोजित आधारभूत निर्माण कार्यक्रम भव्यतासाथ सम्पन्न गरेको छ। ४ महिने अभियान अन्तर्गत जिल्लाका विभिन्न पालिका र वडामा जनतासँग निरन्तर सम्पर्क र समन्वयका प्रयासहरू जारी रहेका छन्। कार्यक्रममा जसपा नेपालका विभिन्न नेताहरूको उपस्थिति र पार्टीको संगठन बिस्तारको महत्वमा जोड दिइएको छ।

कार्यक्रमको अध्यक्षता वडाका पार्टी प्रतिनिधि चन्देश्वर साहले गरेका थिए। प्रमुख अतिथिका रूपमा मधेश प्रदेश सांसद, केन्द्रीय कार्यकारिणी सदस्य र जसपा नेपालका केन्द्रीय प्रभारी नेता, मा. राज कुमार गुप्ता (राजु) उपस्थित थिए। विशिष्ट अतिथिहरूमा मधेश प्रदेश सांसद ललिता दास, नेता बैधनाथ प्रसाद साह, केन्द्रीय परिषद सदस्य राम नरायण महतो, भोगेन्द्र पासमान, नगर अध्यक्ष जिल्ला समन्वय समिति अध्यक्ष दीनेश महतो, नेता योगेन्द्र प्रसाद यादव, (कारी),नेता राम उदगार महताे, लहान -२४ का वडा अध्यक्ष रासलाल राय, र विभिन्न जनवर्गीय संगठनका नेता र कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रमको अवसरमा नेता गुप्ताले पार्टीको संघर्ष र आन्दोलनको महत्व र प्राप्त उपलब्धिहरूको चर्चा गर्दै भने, “हामी अझै अधिकारका लागि संघर्ष गर्दैछौं। आज देशमा  मधेशी  कोटा, महिला, दलित र आदिवासी कोटा जस्ता अवसरहरूको माध्यमबाट मन्त्री र उच्च सरकारी निकायमा पुगेका छन्। यी सबै मधेश आन्दोलनका परिणाम हुन्, जुन जसपा नेपाल पार्टीको नेतृत्वमा सम्भव भएको हो।”

मधेश प्रदेश सांसद ललिता दासले महिलाका हक र अधिकारका विषयमा चर्चा गर्दै भनिन्, “महिलाले अब राजनीति र समाजका हरेक क्षेत्रमा अगाडि आउनु पर्छ। महिला हिंसा र दमनका विरुद्ध संघर्ष गर्न हामीलाई अझ बलियो बनाउनुपर्छ।”

वडा अध्यक्ष रासलाल रायले पार्टी संगठनको मजबूतीमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी सबै मिलेर विभिन्न जनवर्गीय संगठनहरु निर्माण गर्नु पर्ने जस्तैः  विद्यार्थी संगठन, महिला संगठन, किसान, दलित, टोल संगठनहरूको निर्माण गर्नुपर्ने आवश्यकता छ। म यसका लागि प्रतिबद्ध छु।”

कार्यक्रमको अन्त्यमा सबै उपस्थित नेता र कार्यकर्ताले पार्टीको संगठन बिस्तार र सशक्तीकरणका निम्ति एकजुट भएर काम गर्नुपर्ने आह्वान गरेका थिए। जसपा नेपालको आधारभूत निर्माण कार्यक्रमको समापनसँगै सहभागीहरूले यसका लागि सहकार्य गर्न र सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा चन्देश्वर साहले व्यक्त गरेका थिए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker