एसियन लाईफकाे सम्मान तथा माेटिभेस्नल कार्यक्रम लहानमा सम्पन्न,सयाैं जना अभिकर्ता सम्मानित ।
एसियन लाईफ ईनस्युरेन्स कम्पनी लिमिटेडको मधेश प्रदेश स्तरीय एकदिने बि.एम, क्लब मेम्बर सम्मान तथा माेटीभेसनल कार्यक्रम लहान शाखाकाे राेहबरमा बाटीका टुरीज्म लहानमा भब्यताका साथ सम्पन्न भएकाे छ।
सितल साह , असाेज १९ , लहान , सिरहा , मधेश प्रदेश ।। एसियन लाईफ ईनस्युरेन्स कम्पनी लिमिटेडको मधेश प्रदेश स्तरीय एकदिने बि.एम , क्लब मेम्बर सम्मान तथा माेटीभेस्नल कार्यक्रम लहान शाखाकाे राेहबरमा बाटीका टुरीज्म लहानमा भब्यताका साथ सम्पन्न भएकाे छ।
कार्यक्रमको सभाअध्यक्षमा कम्पनीका मधेश प्रदेश प्रमुख रामरुप सहनि रहनु भएकाे थियाे । प्रमुख अतिथि केन्द्रीय कार्यलयबाट आउनु भएका बिजय पराजुलि हुनु हुन्थ्यो भन्ने बिशिस्ट अतिथि ईन्स्युरेनस कम्पनीका एक मात्र माेटीभेस्नल ट्रेनर लेखनाथ पाैडेल,मधेश प्रदेशका बिमक संघका युनियन अध्यक्ष चन्द्र शेखर साह,पत्रकार अषिश साह ,पत्रकार सितल साह , लहान शाखाका प्रमुख प्रेम कुमार महताे,जनकपुर शाखाका प्रमुख दीपेन्द्र कुमार महताे, राजबिराजका शाखा प्रमुख बिजय साह , बर्दिबासका शाखा प्रमुख ईन्द्र थापा मगर, त्यस्तै उपशाखा प्रमुखहरू सिरहाका उपशाखा प्रमुख धर्मदेब यादब मिर्चैयाका उपशाखा प्रमुख सुर्यनाथ यादब,सिन्धुलीका उपशाखा प्रमुख ईन्द्र बहादुर आले सिन्धुली चकमकेका उपशाखा प्रमुख डाेर बहादुर थापा मगर , मार्केटिङ म्यानेजर जयनरायण महताे लगायत मधेश प्रदेश भरीबाटै पाल्नु भएका विभिन्न शाखाका शाखा प्रबन्धक,उपशाखा प्रमुखहरु,बि.एम. बि.डी. क्लब मेम्बर तथा उत्कृष्ट अभिकर्ताहरूको पनि उल्लेखनीय सहभागिता रहेकाे थियाे। प्रमुख अतिथि द्वारा पानसमा बत्ती बालेर कार्यक्रमको सुभआरम्भ गरीएकाे थियाे।।
कार्यक्रमको प्रारम्भमा स्वागत मन्तब्य प्रस्तुत गर्दै लहान शाखाका प्रमुख प्रेम कुमार महतोले उपस्थित सबैलाई स्वागत गरे। उनले कार्यक्रमको उद्देश्य र महत्त्व बारेमा जानकारी गराउँदै बिमा क्षेत्रमा अभिकर्ताहरूको योगदानको प्रशंसा गरे।
यस अवसरमा, विभिन्न शाखा र उपशाखाका प्रमुख र अभिकर्ताहरूले बिमा क्षेत्रमा भइरहेको सेवा सुविधा कटाैति र कठिनाइहरूको बारेमा विचार व्यक्त गर्दै केन्द्रको ध्यानाकर्षण गराए। कार्यक्रममा अभिकर्ताहरूले बिमा सेवा विस्तारका लागि आवश्यक सुधार र सहयोगका विषयमा पनि चर्चा गरे।
प्रधान कार्यलयबाट आउनु भएका बिजय पराजुलीले कम्पनीको स्थापना २०६४ सालमा भएको र हालको चुक्ता पूंजी ३ अर्ब ३९ करोड रहेको जानकारी गराए। उनले भने, “हामीले कुनै एउटा मात्र बैंकमा फिक्स डिपोजिट नगरी सम्पूर्ण पूंजी रकम विभिन्न क्षेत्रमा जस्तै हाइड्रो, होटेल र वित्तीय क्षेत्रमा लगानी गरिरहेका छौं र यसबाट आएको मुनाफा बिमा गरिरहेका बिमितहरूलाई नै बाँड्ने गरेका छाै।” यो प्रावधानले बिमा धारकहरूको विश्वासमा वृद्धि गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपस्थित लेखनाथ पौडेलले २ घण्टाको मोटिभेसनल सेसन सञ्चालन गरे। उनले बिमा गर्दा आउने विभिन्न समस्याहरूको समाधानका उपाय र बिमा संख्या कसरी बढाउने बारेमा जानकारी दिए। “अभिकर्ताहरूले कम्पनीको पूंजी वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ,” उनले भने। उनले बिमा सेवा विस्तारका लागि नयाँ उपाय र रणनीतिहरूको महत्त्वबारे पनि चर्चा गरे।
कार्यक्रमको महत्वपूर्ण भागमा, मधेश प्रदेशका १०० भन्दा बढी उत्कृष्ट अभिकर्ता बि.एम. र बि.डी.लाई सम्मानित गरिएको छ। यो सम्मान कार्यक्रमले बिमा क्षेत्रमा थप ऊर्जा र मनोबल प्रदान गर्ने आशा गरिएको छ। एक अभिकर्ताले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिगणलाई धन्यवाद व्यक्त गरे र बिमा क्षेत्रमा काम गर्दै गर्दा भएका चुनौती र सफलता अनुभवहरूलाई साझा गर्दै यस्ता कार्यक्रममार्फत बिमा क्षेत्रमा काम गर्न सहज र हिम्मत बढाउने भएकाेले याे कार्यक्रम अति नै फलदायी भएकाे धारणा व्यक्त गर्नु भयाे।
अन्तमा, सभाध्यक्ष रामरुप सहनीले यस्ता कार्यक्रमहरूले अभिकर्ताहरूको मनोबल बढाउने र भविष्यमा पनि यस्ता तालिमको अझै आवश्यकता रहेको बताएका थिए। उनले समापन गर्दै भने, “यस प्रकारका तालिमले हामीलाई नयाँ ऊर्जा र सोच प्रदान गर्छ।” उनले उपस्तिथि सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै हिन्दुहरुको महान चाड विजया दशमी, दीपावली र छठ पर्वकाे उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरे।
यो कार्यक्रमले एसियन लाइफ ईनश्युरेन्स कम्पनी को सामाजिक जिम्मेवारी र बिमा क्षेत्रको विकासमा गरेको योगदानलाई उजागर गरेको छ, जसले क्षेत्रका अभिकर्ता र ग्राहकहरूको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।