जसपा नेपालले सिरहामा प्रेस मञ्च नेपाललाई बेवास्ता गरेकाे भन्दै असन्तुष्टि व्यक्त।।
जसपा नेपाल लहान नगर समितिले हालै आयोजना गरेको आधारभूत संगठन निर्माण कार्यक्रममा प्रेस मञ्च नेपाललाई जानकारी नगराई कार्यक्रम सम्पन्न गरेकोमा गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।
सितल साह ,असाेज १६ सिरहा, लहान – जसपा नेपाल लहान नगर समितिले हालै आयोजना गरेको आधारभूत संगठन निर्माण कार्यक्रममा प्रेस मञ्च नेपाललाई जानकारी नगराई कार्यक्रम सम्पन्न गरेकोमा गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। प्रेस मञ्च नेपालका प्रदेश समिति सदस्य ओम प्रकाश यादवले भने, “सिरहा जिल्लाभरका कार्यक्रमहरूमा प्रेस मञ्चलाई नगण्य गरिनु एकदमै गलत हो।”
उक्त कार्यक्रममा प्रेस मञ्च नेपालका सदस्यहरूलाई बिना सूचनामा नै आयोजनाहरू भइरहेको,प्रेश मन्च हुदाहुँदै नजरअन्दाज गरीरहेकाे प्रति आक्रोशित हुँदै यादवले आरोप लगाए, “यदि कथन कदाचित कुनै कारणबस हामी कार्यक्रममा उपस्थित भइयो भने पनि हामीलाई सम्बोधन र आसन ग्रहण पनि गराईदैन। यसले पार्टीको आचारसंहिता र सर्कुलरको स्पष्ट उल्लङ्घन हो।”
प्रेस मञ्च नेपालले यस घटनालाई गम्भीरतासाथ लिई, जसपा नेपालका नेताहरूसँग संवाद गर्न र सम्बन्धित प्रदेश कार्यालयलाई ध्यानाकर्षण गराएको छ। यादवले थपे, “हामीले फेसबुक र साथीहरूले पठाएको विवरणको आधारमा समाचार तयार गरेका छौं। यस्ता गतिविधिहरूले पार्टीको एकता र सहकार्यमा नकारात्मक असर पार्न सक्छ।”
यो घटनाले जसपा नेपाल भित्रको आन्तरिक विवाद र प्रेस मञ्च नेपालसँगको सम्बन्धमा तनावको संकेत गरेको छ, जसले आगामी दिनहरूमा पार्टीको सामूहिकता र कार्यशैलीमा चुनौती दिन सक्छ।