मिति:- ८ पुष २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
उधघाटनमहाधिवेशनमुख्य-समाचारसमाचारस्थानीय खबर

जसपा नेपाल लहान नगरकाे अधारभुत संगठन निर्माण कार्यक्रम सफलता पूर्वक सम्पन्न।।

लहान, सिरहा - जनता समाजबादी पार्टी नेपाल (जसपा) ले २०८१ असोज १५ गते लहान नगरमा आयोजित एक विशेष कार्यक्रम मार्फत जनताको बीचमा अधारभुत संगठन निर्माण चारमहिने अभियान सम्पन्न गर्यो।

सितल साह असाेज १५ , लहान, सिरहा । जनता समाजबादी पार्टी नेपाल (जसपा) ले २०८१ असोज १५ गते लहान नगरमा आयोजित एक विशेष कार्यक्रम मार्फत जनताको बीचमा अधारभुत संगठन निर्माण चारमहिने अभियान सम्पन्न गरेका छन।

कार्यक्रमको अध्यक्षता लहान नगर समितिका सभापति दिनेश महताले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सांसद राज कुमार गुप्ता (राजु) रहनु भएकाे थियाे तस्तै  विशिष्ट अतिथिहरु संघीय परिषद सदस्य जितेन्द्र महताे, भोेगेन्द्र पासमान र रामनरायण महताे उपस्थित रहनु भएको थियो। यसका अलावा, पार्टीका मधेश प्रदेश सदस्य, जिल्ला सदस्य, क्षेत्रीय अध्यक्ष र विभिन्न वडाका प्रतिनिधिहरूकाे पनि उल्लेखनीय उपस्थित रहेका थिए।

कार्यक्रमको प्रारम्भमा नेताहरुले जसपा नेपालले गरिरहेको संगठन निर्माणका प्रयासलाई उच्च महत्त्व दिँदै जनताको अधिकार र हकका लागि पार्टीको प्रतिबद्धता पुष्टि गर्दै भने “हाम्रा कार्यकर्ताहरू र जनतासँगको समन्वयले हाम्रो पार्टीलाई अझ मजबुत बनाउने छ।”

बिशिस्ट अतिथि जितेन्द्र महताेले सम्बोधनमा मधेसको विकास र समृद्धिमा जसपा नेपालको भूमिकाबारे चर्चा गर्दै मधेस प्रदेशका समस्याहरूको समाधानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भने, “हामीले जनताको भोक, शिक्षा र स्वास्थ्यका मुद्दामा ध्यान दिनुपर्छ।”

प्रमुख अतिथि राज कुमार गुप्ताले पनि विभिन्न क्षेत्रका विषयमा विचार-विमर्श गर्दै संगठनको सञ्जाललाई विस्तार गर्नुपर्ने कुरामा जोड दिएका थिए। उनले भने, “संगठनको मजबुती हाम्रो सफलता को कुञ्जी हो। हामीले प्रत्येक वडा र गाउँसम्म पुग्नुपर्छ।”

कार्यक्रममा उपस्थित नेता र कार्यकर्ताहरूले पार्टीको अभियानलाई साकार पार्न सँगै काम गर्ने र जनताको सेवा गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। जसपा नेपालले आगामी दिनहरूमा पनि विभिन्न कार्यक्रम र क्रियाकलापहरू मार्फत जनताको समस्याहरूलाई सम्बोधन गर्दै संगठनलाई थप बलियो बनाउने योजना बनाएको जनाएको छ।

यस प्रकारको कार्यक्रमले जसपा नेपालको स्थानीय संरचनालाई मजबुत बनाउने र जनतासम्म पुग्नका लागि थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker