मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
अन्तर्राष्ट्रियउधघाटनपत्रपत्रिकामहाधिवेशनसमाचारस्थानीय खबर

जसपा नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल।।

जनता समाजबादी पार्टी नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल भएको छ ।


जनकपुरधाम, असोज २१ । जनता समाजबादी पार्टी नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल भएको छ ।
विश्वभरिका समाजवादी, समाजिक लोकतान्त्रिक,श्रमिक र प्रगतिशील पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको अक्टोबर ५ र ६ तारेखमा चिलिमा सम्पन्न बैश्विक सम्मेलनले जसपा नेपाललाई सद्स्यता प्रदान गरेको हो ।
विश्वभरिका १ सय ९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा सद्स्यताको लागि भएको मतदान बाट जसपा नेपालले सर्वसम्मत सदस्यता प्राप्त गरेका हुन ।
दक्षिण अमेरिकामा रहेको गणतन्त्र चिलिको राजधानी सेन्टियागोमा सम्पन्न उक्त सम्मेलन प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता,सामाजिक न्याय, मानवअधिकार सुरक्षा, लैङ्गिक विभेद, सामाजिक-आर्थिक तथा जातीय विभेद,असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा जसपा,नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।अध्यक्ष यादव सहितको टोलि मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker