मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधदुर्घटनामुख्य-समाचारसमाचारस्थानीय खबर

जनप्रतिनिधिकाे लापरबाहीका कारण नाबालककाे नालामा डुबेर मृत्यु ।।

जनप्रतिनिधिले विकासका नाममा गरिएको नाला निर्माणमा ढक्कन नलगाएको कारण नाबालककाे ज्यान गएकाे हाे। "यदि आज ढक्कन लगाइदिएको भए, बालकको ज्यान बच्न सक्थ्यो,"

राजविराज, १२ असोज – राजविराज नगरपालिका वडा नम्बर ८ स्थित नेपाल प्रहरीको तालिम केन्द्र अगाडि निर्माण गरिएका ढक्कनविहीन नालामा एक ८ वर्षका बालक प्रिन्स साहको शव भेटिएको छ। हिजो दिउँसो पौने ५ बजेतिर खेल्न निस्किएका प्रिन्स अचानक हराइरहेका थिए।

स्थानीयका अनुसार, बालक माछा मारीरहेकाे ठाउँमा हेर्नको लागि तालिम केन्द्रको नजिक पुगेका थिए, तर अचानक हराएपछि खोजी गर्ने क्रममा आज बिहान शव फेला पारिएको हो।

घटनाप्रति पीडितका परिवार र स्थानीयवासीले गम्भीर असन्तोष व्यक्त गर्दै विकासका नाममा गरिएको नाला निर्माणमा ढक्कन नलगाएकोमा पुर्नरूपमा जनप्रतिनिधिको नै लापरबाही भएकाे भन्दै चासो व्यक्त गरेका छन्। “यदि आज ढक्कन लगाइदिएको भए, बालकको ज्यान बच्न सक्थ्यो,” एक स्थानीयले भने।

यस घटनाले निर्वाचित जनप्रतिनिधि प्रतिको आक्रोशलाई बढाएको छ। स्थानीयहरूको भनाइमा, विकासका योजनाहरू बनाउँदा सुरक्षा र जनताको जीवनको संरक्षणमा ध्यान दिनुपर्ने हुन्छ। “हामीले प्रतिनिधिहरूलाई विश्वास गरेर मतदान गरेका थियौं, तर उनीहरूले हाम्रो सुरक्षामा चासो नदिए,” एक पीडितका आफन्तले आक्रोश व्यक्त गरे।

सप्तरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र यस विषयमा थप जानकारी दिने तयारीमा रहेको जनाएको छ। यस घटनाले नाला र पानी निकासका संरचनामा आवश्यक सुरक्षा उपायको महत्वलाई पुनः उजागर गरेको छ। पीडित परिवारका सदस्य र स्थानीयहरूले जिम्मेवार निकायलाई यो घटनामा चासो नदिएकोमा गम्भीर चित्त व्यक्त गर्दै भविष्यमा यस्ता घटनाहरू रोक्नका लागि उपाय गर्न आग्रह गर्दैछन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker